RBB Sr. Assistant Level 5 Study Book - Part 8 Banking laws: NRB Act and BAFIA 2063 (Q&A)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- model
- subjective questions
- 24
Subjective questions
24 questions- 1
How does Nepal Rastra Bank issue coins and how are their size, weight and shape determined?
0 marksनेपाल राष्ट्र बैङ्क बाट सिक्का निष्काशन र सो को नाप, तौल र आकार निर्धारण कसरी हुन्छ ?
Model answer
With Government of Nepal approval, NRB may have coins of any value, size, weight, purity, design and metal or alloy minted at the mint for circulation or for special occasions and put them into circulation. The face value, size, weight, shape and other features are as prescribed by the Board of Directors. Re-minting a coin already approved does not need fresh government approval. If necessary, the Bank may have coins minted at a foreign mint, and with government approval may mint coins sent by a foreign government. नेपाल राष्ट्र बैङ्कले नेपाल सरकारको स्वीकृति लिई जुनसुकै मूल्य, नाप, तौल, शुद्धता, डिजाइन र धातुको वा मिश्रण भएको धातुको सिक्का चलन चल्तीको निमित्त वा विशेष अवसरमा टकसारमा टकमरी गराई चलन चल्तीमा ल्याउन सक्छ । यसरी निष्काशन हुने सिक्कामा अङ्कित हुने मूल्य, तिनको नाप, तौल, आकार र अन्य विशेषता सञ्चालक समितिले तोकेबमोजिम हुन्छ । एकपटक स्वीकृति लिई टकमरी गराइसकेको सिक्कालाई पुन:टकमरी गराउन परेमा नेपाल सरकारको स्वीकृति लिनु पर्दैन । बैङ्कले आवश्यक देखेमा सिक्का कुनै विदेशी टकसारमा समेत टकमारी गराउन सक्ने र नेपाल सरकारको स्वीकृति लिई कुनै विदेशी सरकारले टकमरी गराउन पठाएको सिक्का टकमरी गर्न सक्छ ।
Where to find this
- 2
How does Nepal Rastra Bank operate foreign exchange policy?
0 marksनेपाल राष्ट्र बैङ्क ले विदेशी विनिमय नीतिको सञ्चालन कसरी गर्दछ ?
Model answer
NRB has full authority to formulate and implement Nepal's foreign exchange policy and manages foreign exchange. It may: license persons wishing to deal in foreign exchange under the Act and other laws; make rules and regulations and issue orders, directives or notices to regulate licensees' foreign exchange transactions; inspect, supervise and monitor licensees; set the basis, limits and conditions of licensees' transactions; prescribe the method of fixing the exchange rate of the Nepalese rupee; and fix buying/selling rates of foreign currencies and the basis, limits and conditions of such dealings. It may require licensees to submit details of currency exchange, prescribing the period, format and documents. In foreign exchange operations it may use spot, forward rates, swaps, options or similar instruments, cash or any negotiable instrument to buy or sell foreign exchange, gold and precious metals. नेपाल राष्ट्र बैङ्कलाई नेपालको विदेशी विनिमय नीति निर्माण गर्ने, कार्यान्वयन गर्ने र गराउने पूर्ण अधिकार प्राप्त छ । बैङ्क ले विदेशी विनिमयको व्यवस्थापन गर्दछ । यसका लागि बैङ्कलाई देहायबमोजिमको अधिकार प्राप्त छ : - विदेशी विनिमय कारोबार गर्न चाहने व्यक्तिलाई ऐन वा अन्य प्रचलित कानुनको अधीनमा रही इजाजतपत्र जारी गर्ने, - इजाजतपत्र प्राप्त व्यक्तिबाट गरिने विदेशी विनिमय कारोबार नियमित तथा व्यवस्थित गर्नका लागि नियम तथा विनिमय बनाउने, आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्ने, - इजाजतपत्र प्राप्त व्यक्तिको निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने, - इजाजतपत्र प्राप्त व्यक्तिको कारोवारको आधार, सीमा तथा शर्त निर्धारण गर्ने, - नेपाली रुपैयाँको विदेशी विनिमय दर निर्धारण पद्धति तोक्ने । - विदेशी मुद्राहरूको खरिद बिक्री दर कायम गर्ने तथा यसको कारोबारको आधार, सीमा तथा शर्त तोक्ने । यस्तो कारोवार गर्न इजाजतपत्रप्राप्त व्यक्तिलाई विदेशी मुद्रा सटही तथा सोसम्बन्धी विस्तृत विवरण बैङ्कमा पेस गर्न लगाउने, त्यस्तो विवरण पेस गर्नुपर्ने अवधि, ढाँचा र तत्सम्बन्धी अन्य कागजात तोक्न सक्छ । यस्तै विदेशी विनिमयको कारोवारको सिलसिलामा विदेशी विनिमय, सुन तथा बहुमूल्य धातु खरिद वा बिक्री गर्न खरिद बिक्री स्पट, अग्रिम विनिमय दर, स्वाप, अप्सन वा यस्तै प्रकारका अन्य उपकरण, नगद वा कुनै पनि विनिमय अधिकारपत्रको प्रयोग गर्न सक्छ ।
- 3
What assets are included in the foreign exchange reserve operated by Nepal Rastra Bank?
0 marksनेपाल राष्ट्र बैङ्क ले परिचालन गर्ने विदेशी विनिमय सञ्चितिमा कस्ता सम्पत्तिहरू समावेश हुन्छन् ?
Model answer
NRB operates the foreign exchange reserve, which is denominated in the relevant foreign currencies. Under Section 66 of the Act it includes: (a) gold and precious metals held by or in the account of the Bank; (b) foreign currency held by or deposited in the Bank's account; (c) foreign currency in the Bank's name in foreign central banks or other foreign banks; (d) Special Drawing Rights (SDR) in the Bank's name with the IMF; (e) bills of exchange, promissory notes, savings bonds, bonds and other debt securities payable in foreign exchange issued by any debtor and held by the Bank; (f) agreements payable in foreign exchange between the Bank and a foreign bank or international financial institution (or guaranteed by them) for immediate purchase or repurchase/future purchase. NRB must show this reserve in its balance sheet. विदेशी विनिमय सञ्चितिको परिचालन गर्ने अधिकार नेपाल राष्ट्र बैङ्कलाई छ । यस्तो सञ्चिति सम्बन्धित विदेशी विनिमयमा अङ्कित हुने र यस्तो सञ्चितिमा देहायको सम्पत्ति समावेश हुने व्यवस्था ऐनको दफा ६६ ले गरेको छ : (क) बैङ्कले जिम्मा लिएको वा बैङ्कको खातामा रहेको सुन तथा बहुमूल्य धातु । (ख) बैङ्कले जिम्मा लिएको वा बैङ्कको खातामा जम्मा रहेको विदेशी मुद्रा । (ग) बैङ्कको नाममा विदेशी केन्द्रीय बैङ्क वा अन्य विदेशी बैङ्क खातामा रहेको विदेशी मुद्रा । (घ) बैङ्कको नाममा अन्तर्राष्ट्रिय मुद्रा कोषमा जम्मा रहेको स्पेसल ड्इङ्ग राईट्स (एस.डि.आर.) । (ङ) बैङ्कको जिम्मामा रहेको विदेशी विनिमयमा भुक्तानी हुने गरी कुनै ऋणी वा दायित्वकर्ताले जारी गरेको विनिमयपत्र, प्रतिज्ञापत्र, बचत ऋणपत्र, बण्ड तथा अन्य ऋण सुरक्षण । (च) तत्काल वा पुनरखरिद गर्ने गरी विदेशी बैङ्क वा अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग वा ती संस्था जमानी बसेको र भविष्यमा खरिद गर्ने गरी बैङ्क तथा अर्को पक्षबीच विदेशी विनिमयमा भुक्तानी हुने गरी भएको सम्झौता । यस्तो विदेशी विनिमय सञ्चितिलाई राष्ट्र बैङ्कले आफ्नो वासलातमा देखाउनु पर्दछ ।
- 4
How does Nepal Rastra Bank maintain relations with the Government of Nepal and in what matters does it cooperate?
0 marksनेपाल राष्ट्र बैङ्क ले नेपाल सरकारसँग कसरी सम्बन्ध राख्छ र के कस्ता कुराहरूमा सहकार्य गर्दछ ?
Model answer
NRB is the Government of Nepal's banker, economic adviser and fiscal agent. It advises the government on matters within its jurisdiction when asked, advises on internal debt including overdraft when the annual budget is prepared, and each year submits a pre-budget review report on economic and financial matters. The government may consult NRB when borrowing from or lending to external sources. NRB cooperates and maintains relations by giving such advice, accepting deposits of the government or bodies it designates, acting as the government's fiscal agent within conditions/limits fixed by agreement, advising on drafting and amending banking-sector laws, providing credit facilities and overdrafts to the government. नेपाल राष्ट्र बैङ्क नेपाल सरकारको बैङ्कर, आर्थिक विषयको सल्लाहकार तथा नेपालको वित्तीय एजेन्ट हो । नेपाल सरकारले बैङ्कको क्षेत्राधिकारसँग सम्बन्धित विषयमा बैङ्कसँग परामर्श माग गरेमा परामर्श दिने, सरकालाई वार्षिक बजेट तयार गर्दा आन्तरिक ऋणलगायत अधिविकर्षको सम्बन्धमा परामर्श दिने, र प्रत्येक वर्ष आर्थिक तथा वित्तीय विषयमा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन सरकार समक्ष दिने जस्ता कार्य यस बैङ्क ले गर्दछ । नेपाल सरकारले बाह्य क्षेत्रबाट ऋण लिंदा वा दिंदा नेपाल राष्ट्र बैङ्कसँग परामर्श लिन सक्छ । यसरी माग भएको अवस्थामा परामर्श दिएर, बैङ्कले नेपाल सरकारको वा नेपाल सरकारले तोकिदिएको अन्य निकायको निक्षेप स्वीकार गर्ने सम्बन्धी काम गरेर, नेपाल सरकारसँग भएको सम्झौताको आधारमा निर्धारित शर्त वा सीमाको अधीनमा नेपाल सरकारको वित्तीय एजेन्टको रूपमा कार्य गरेर, बैङ्किङ क्षेत्रसँग सम्बन्धित कानुन निर्माण, संशोधन वा सोसम्बन्धी कार्यमा सरकार लगायत सम्बन्धित निकायलाई परामर्श दिएर, सरकारलाई कर्जा सुविधा उपलब्ध गराएर, नेपाल सरकारलाई अधिविकर्ष उपलब्ध गराउने जस्ता कार्यहरू गरेर सरकारसँग सहकार्य तथा सम्बन्ध राख्ने गर्दछ ।
Where to find this
- 5
What powers are given to Nepal Rastra Bank to regulate other banks and financial institutions?
0 marksअन्य बैङ्क तथा वित्तीय संस्थाहरूको नियमन गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई के कस्ता अधिकार प्रदान गरिएको छ ?
Model answer
NRB is the bank of all banks and financial institutions in Nepal and has full authority to regulate them. Its powers include: approving deposit-taking or lending of any kind with conditions; setting limits on deposit and lending interest rates; licensing banking and financial business with conditions; issuing directives on banking/financial matters, currency and credit from time to time; mandating credit flow to specified sectors; requiring reports on transactions and financial condition; prior approval with conditions for issuing debentures or financial instruments; making rules/regulations and issuing orders, directives and notices; requiring reports and monitoring on that basis; cancelling licences and taking over or placing under trusteeship institutions that are insolvent or about to become so; and inspecting/supervising accounts, records and documents and ordering directors, officials or staff to furnish information. नेपाल राष्ट्र बैङ्क नेपालका सबै बैङ्क तथा वित्तीय संस्थाहरूको बैङ्क हो । यसलाई वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको काम कारबाही नियमन गर्ने पूर्ण अधिकार प्रदान गरिएको छ । यस्ता संघ संस्थाहरूलाई नियमन गर्नका लागि राष्ट्र बैङ्कलाई निम्न अधिकारहरू प्रदान गरिएकोछ : - कुनै पनि प्रकारको निक्षेप लिन वा कर्जा दिन आवश्यक सर्तहरू समेत तोकेर स्वीकृति दिने, - यस्ता संस्थाले निक्षेपमा दिने वा कर्जामा लिने ब्याजदर निर्धारणमा सीमा तोक्न सक्ने, - बैङ्किङ तथा वित्तीय कारोबार गर्न सर्तहरू तोकी इजाजतपत्र दिने, - बैङ्किङ तथा वित्तीय व्यवस्था, मुद्रा तथा कर्जाका सम्बन्धमा बैङ्कले वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई समय-समयमा निर्देशन दिन सक्ने, - तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न सक्ने, - वाणिज्य बैङ्क तथा वित्तीय संस्थाहरूको कारोबार तथा वित्तीय अवस्थाको विवरण पेश गर्न लगाउने, - यस्ता संस्थाहरूले कुनै पनि प्रकारको डिबेन्चर वा वित्तीय उपकरण जारी गर्न शर्तहरू तोकेर पूर्वस्वीकृति दिने, - राष्ट्र बैङ्कले आवश्यक देखेका विषयमा नियम तथा विनियम बनाउन र आवश्यक आदेश, निर्देशन तथा सूचना जारी गर्न सक्ने, - विभिन्न विषयसँग सम्बन्धित विवरणहरू तयार गर्न र पेश गर्न लगाउने र त्यसकै आधारमा अनुगमन गर्ने, - वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको इजाजतपत्र रद्द गर्ने तथा टाट उल्टन लागेका वा टाट उल्टेकालाई आफैले जिम्मा लिने वा ट्रष्टिसीपमा जिम्मा दिने, - यस्ता बैङ्क वा संस्थाको हिसाब किताब, अभिलेख, कागजात वा अन्य श्रेस्ता जाँचबुझ वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने वा गर्न लगाउने तथा त्यस्ता बैङ्क वा संस्थाका सञ्चालक समितिका सदस्य, पदाधिकारी वा कर्मचारीलाई आफ्नो बैङ्क वा संस्थाका बारेमा आवश्यक जानकारी पेस गर्न आदेश दिने आदि ।
Where to find this
- 6
What provisions does the Act make for Nepal Rastra Bank's inspection and supervision of other banks and financial institutions?
0 marksनेपाल राष्ट्र बैङ्क ले अन्य बैङ्क तथा वित्तीय संस्थाको निरीक्षण तथा सुपरिवेक्षण गर्ने सम्बन्धी के कस्तो व्यवस्था ऐनमा गरिएको छ ?
Model answer
The NRB Board is to frame and enforce international-standard inspection and supervision regulations for licensed banks and financial institutions. NRB may at any time inspect and supervise any office of a bank or financial institution, either by deputing its officers or designated experts on-site or by calling for detailed statements and information at the Bank. In doing so it may take written statements from directors, officials or staff and issue necessary directives. Inspection reports are placed before the Board, and actions directed by the Board are carried out through the Governor. For supervision purposes NRB may exchange cooperation with foreign supervisory authorities on a reciprocal basis and with other domestic policy/regulatory bodies to promote the financial system. इजाजतपत्र प्रदान गरिएका वाणिज्य बैङ्क तथा वित्तीय संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण कार्यको निमित्त राष्ट्र बैङ्क को सञ्चालक समितिले अन्तर्राष्ट्रियस्तरको निरीक्षण तथा सुपरिवेक्षण विनियम बनाई लागू गर्ने प्रावधान छ । जुनसुकै बखत वाणिज्य बैङ्क र वित्तीय संस्थाको जुनसुकै कार्यालयको निरीक्षण तथा सुपरिवेक्षण गर्न, गराउन सक्ने तथा यस्तो निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धित कार्यालयमा बैङ्कको कुनै अधिकारी वा बैङ्कले तोकेको विशेषज्ञ खटाई वा विस्तृत विवरण तथा सुचनाहरू बैङ्कमा नै झिकाई पनि गर्न सक्ने अधिकार प्रदान गरिएको छ । यस क्रमा वाणिज्य बैङ्क वा वित्तीय संस्थाको कुनै सञ्चालक, पदाधिकारी वा कर्मचारीसँग आवश्यकताअनुसार लिखित रूपमा बयान गराउन सक्ने यस्ता संस्थालाई आवश्यक निर्देशन दिन सक्ने अधिकार छ । यसरी गरिएको निरीक्षण तथा सुपरिवेक्षणको प्रतिवेदन सञ्चालक समितिको बैठकमा पेश गरी बैठकबाट भएको निर्देशनअनुरुपका काम कारवाही गभर्नरमार्फत हुने व्यवस्था रहेको छ । निरीक्षण तथा सुपरिवेक्षण प्रयोजनका लागि सम्बन्धित विदेशी सुपरिवेक्षण अधिकारीसँग पारस्परिकताको आधारमा सहयोगको आदान प्रदान गर्न र वित्तीय प्रणालीसँग सम्बन्धित नीति नियमन गर्ने अन्य निकायसँग वित्तीय प्रणालीको सम्बर्द्धन गर्ने प्रयोजनका निमित्त एकआपसमा सहयोगको आदान-प्रदान गर्न सक्ने व्यवस्था रहेको छ ।
- 7
State the corrective measures and powers used by Nepal Rastra Bank or an officer appointed by it in respect of a bank or financial institution taken under management control.
0 marksनेपाल राष्ट्र बैङ्क वा बैङ्क बाट नियुक्त अधिकारीले व्यवस्थापन नियन्त्रणमा लिइएको बैङ्क तथा वित्तीय संस्थाको सम्बन्धमा प्रयोग गर्ने सुधारात्मक उपाय तथा अधिकारहरूको उल्लेख गर्नुहोस् ।
Model answer
Having ordered a problem bank or financial institution into its control, NRB itself or its appointed officer (with NRB's prior approval) may adopt one or more corrective measures to restructure it: cancel or suspend any business inside or outside the Kingdom; sell its assets to another bank or financial institution; terminate staff or deploy new staff as needed; merge it with another institution or transfer some or all assets and liabilities to another institution or body; raise capital by selling shares to others to dilute existing shareholders or reconstitute the board; reduce capital to reflect the real value of assets and adjust share face value proportionately; close branches/operations that cannot run smoothly as part of institutional restructuring; and adopt other measures NRB prescribes to make the institution viable. कुनै समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई आफ्नो नियन्त्रणमा लिने आदेश जारी गरी सोको व्यवस्थापन तथा सञ्चालन गर्न राष्ट्र बैङ्क आफै वा बैङ्क बाट नियुक्त अधिकारीले बैङ्कको पूर्व स्वीकृति लिई त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको पुनर्संरचना गर्न देहायका कुनै एक वा एकभन्दा बढी सुधारात्मक उपायहरू अवलम्बन गर्न वा गराउन सक्छ : - नेपाल अधिराज्यभित्र वा बाहिर सञ्चालन भैरहेको कुनै कारोबार रद्द वा निलम्बन गर्ने, - त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति अन्य कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई बिक्री गर्ने, - त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थामा कार्यरत कर्मचारीको सेवा अन्त्य गर्ने वा निजहरूको स्थानमा आवश्यकता अनुसार नयाँ कर्मचारी खटाउने, - आवश्यक देखिएमा अन्य वाणिज्य बैङ्क वा वित्तीय संस्थामा गाभ्ने वा संस्थाको कुनै वा सबै सम्पत्ति तथा दायित्व अन्य कुनै वाणिज्य बैङ्क, वित्तीय संस्था वा अन्य कुनै निकायमा हस्तान्तरण गर्ने प्रबन्ध मिलाउने, - तत्काल कायम रहेका शेयरधनीहरूको सहभागिता कम गराउन अन्य व्यक्तिहरूलाई शेयर बिक्री गरी पूँजी वृद्धि गर्ने वा सञ्चालक समितिको पुनर्गठन गरी त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको पुनर्संरचना गर्ने, - त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्तिको वास्तविक मूल्य प्रतिबिम्बित हुने गरी पूँजी घटाउने र शेयरको अंकित मूल्य सोही पूँजीको अनुपातमा समायोजन गर्ने, - आवश्यक व्यवस्थापकीय पुनर्संरचना गर्दा वा सुचारु रूपले कारोबार सञ्चालन हुन नसकेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको शाखा तथा कारोबार बन्द गरी संस्थागत पुनर्संरचना गर्ने, - समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई सक्षम बनाउन आफूले तोकिदिए बमोजिमका अन्य उपायहरू अवलम्बन गर्ने गराउने ।
Where to find this
- 8
What is the arrangement for transferring the assets and liabilities of a problem commercial bank or financial institution?
0 marksसमस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति तथा दायित्व हस्तान्तरण गर्ने व्यवस्था कस्तो रहेको छ ?
Model answer
- If it decides to transfer some or all assets and liabilities of a bank or financial institution declared problematic, NRB may, by public notice and on appropriate terms and criteria, transfer them to another bank, financial institution or body, and may share detailed and sensitive information on the assets and transactions with interested acquirers under confidentiality conditions. However, no transfer may occur if it harms depositors, shareholders, creditors or the public, if the acquirer appears unable to bear obligations to them, or if the acquirer refuses in writing to accept the conditions. The transfer order is final. - After transfer, all rights and duties attached to the assets and liabilities are deemed automatically transferred; lack of formal ownership transfer under law does not negate it; the acquirer's licence is deemed amended and the problem institution's licence cancelled. To the extent of the transferred assets and liabilities, all agreements, contracts, rights, powers of representation, collateral, securities, instruments and obligations pass to the acquirer, which must continue in its own name all proceedings to which the problem institution was a party. - राष्ट्र बैङ्क ले समस्याग्रस्त घोषणा गरेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको केही वा सबै सम्पत्ति तथा दायित्व, हस्तान्तरण गर्ने निर्णय भएमा सार्वजनिक सूचना गरी उचित शर्त तथा मापदण्डका आधारमा अन्य वाणिज्य बैङ्क वा वित्तीय संस्था वा निकायमा हस्तान्तरण गर्न सक्छ । यसरी हस्तान्तरण हुने जायजेथाको यथार्थ, विस्तृत तथा संवेदनशील विषयको जानकारी वा सम्पत्ति तथा कारोबारको विवरण त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति तथा दायित्व प्राप्त गर्न इच्छुक वाणिज्य बैङ्क, वित्तीय संस्था वा अन्य निकायलाई गोप्यताको शर्त तोकी उपलब्ध गराउन सक्छ । तर निक्षेपकर्ता, शेयरधनी, साहू वा सर्वसाधारणको हित विपरित हुने गरी, निक्षेपकर्ता, शेयरधनी तथा साहूप्रतिको दायित्व वहन गर्न सक्ने नदेखिएमा वा हस्तान्तरण गरी लिनेले शर्त लिखित रूपमा मान्न अस्वीकार गरेमा हस्तान्तरण सम्बन्धी कार्य हुन सक्दैन । यसरी हस्तान्तरण गर्नका लागि दिएको आदेश अन्तिम हुनेछ । - यसरी हस्तान्तरण भएपछि त्यस्तो सम्पत्ति तथा दायित्वमाथि रहेको सम्पूर्ण अधिकार तथा कर्तव्य स्वत: हस्तान्तरण भएको मानिने, हस्तान्तरित सम्पत्तिको प्रचलित कानुन बमोजिम नामसारी नभएकै कारणले मात्र सम्पत्ति तथा दायित्व हस्तान्तरण नभएको नमानिने, यस्तो हस्तान्तरण सकार्नेको इजाजतपत्र स्वत: संशोधन भएको र समस्याग्रस्त संस्थाको इजाजतपत्र खारेज भएको मानिने व्यवस्था छ । यस्तै हस्तान्तरित सम्पत्ति तथा दायित्वको सीमासम्म त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थासंग सम्बन्धित तथा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्था पक्ष वा विपक्ष भएका सम्पूर्ण सम्झौता, करार, अधिकार, प्रतिनिधित्व गर्ने अधिकार, धितो, सुरक्षण, उपकरण जस्ता कुराहरू तथा उत्तरवायित्व त्यसरी सम्पत्ति तथा दायित्व प्राप्त गर्ने वाणिज्य बैङ्क, वित्तीय संस्था वा अन्य निकायमा हस्तान्तरण भएको मानिन्छ । यसरी हस्तान्तरण भएको सम्पत्तिको सीमासम्म त्यस्तो समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्था पक्ष वा विपक्ष भएका सबै कामकारवाही हस्तान्तरण गरी प्राप्त गर्ने संस्थाले आफ्नो नामबाट सञ्चालन गर्नुपर्ने व्यवस्था छ ।
- 9
What is the purpose/objective of the Credit Information Centre established by Nepal Rastra Bank?
0 marksनेपाल राष्ट्र बैङ्क ले स्थापना गर्ने कर्जा सूचना केन्द्रको प्रयोजन/उद्देश्य के रहन्छ ? उल्लेख गर्नुहोस् ।
Model answer
The Credit Information Centre exists: (a) to obtain information on credit extended by banks and financial institutions to ensure accuracy and appropriateness of lending; (b) to exchange that information among banks and financial institutions for that purpose; (c) to have names of borrowers who fail to repay on time or misuse credit mandatorily supplied to the Centre; (d) to require information to be obtained from the Centre before investing or lending above the limit set by NRB; (e) to verify such names, blacklist them and take necessary action; and (f) to inspect, supervise and monitor whether each institution exchanges such information and lends accordingly, and report to NRB. राष्ट्र बैङ्कले स्थापना गर्ने कर्जा सूचना केन्द्रको प्रयोजन निम्नानुसार रहेको छ : (क) कर्जा प्रवाहमा शुद्धता र उपयुक्तता कायम गर्न वाणिज्य बैङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जाको सूचना प्राप्त गर्न, (ख) प्राप्त सूचनालाई सोही खण्डमा उल्लिखित प्रयोजनको निमित्त वाणिज्य बैङ्क तथा वित्तीय संस्थाहरूको बीचमा आदन-प्रदान गर्न, (ग) समयमा कर्जा नतिर्ने कर्जाको दुरूपयोग गर्ने ऋणीहरूको नामावली अनिवार्य रूपमा केन्द्रलाई उपलब्ध गराउन, (घ) बैङ्कले तोकेको सीमाभन्दा बढीको लगानी गर्नु वा कर्जा दिनुअघि केन्द्रबाट अनिवार्य रूपमा सूचना लिन, (ङ) यसरी प्राप्त नामावलीलाई केन्द्रले यकीन गरी कालो सूचीमा राख्न तथा सो सम्बन्धमा आवश्यक कारबाही गर्न र (च) प्रत्येक वाणिज्य बैङ्क वा वित्तीय संस्थाले यस्तो सूचना आदन-प्रदान गरे, नगरेको तथा त्यस्तो सूचनाअनुरूप ऋण लगानी गर्ने गरे/नगरेको बारे निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गरी बैङ्कलाई प्रतिवेदन पेस गर्न ।
- 10
Briefly state the provisions regarding Nepal Rastra Bank's annual report and audit.
0 marksनेपाल राष्ट्र बैङ्क को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण सम्बन्धमा गरिएका व्यवस्थाहरू संक्षेपमा उल्लेख गर्नुहोस् ।
Model answer
NRB's accounting follows international practice and it must keep accounts that clearly show its financial position. Its audit is done by the Auditor General; the Board may also have internal audit done by an external auditor per international accounting practice. NRB must prepare and publish its monthly balance sheet within 15 days of each month-end, and prepare an annual report for each fiscal year including the balance sheet, profit and loss account and related statements, submitting it to the Government of Nepal within four months of year-end, together with: (a) the audit report; (b) a report on its activities; (c) a report on the economic and financial situation. राष्ट्र बैङ्कको लेखा प्रणाली अन्तर्राष्ट्रिय प्रचलनअनुसारको लेखा प्रणाली हुने व्यवस्था छ । बैङ्क ले आफ्नो वित्तीय अवस्था स्पष्ट देखिने गरी आफ्नो हिसाब किताब दुरुस्त राख्नुपर्ने व्यवस्था छ । राष्ट्र बैङ्कको लेखापरीक्षण महालेखापरीक्षकले गर्ने व्यवस्था छ । यस्तै सञ्चालक समितिले चाहेमा बैङ्कको आन्तरिक लेखापरीक्षण बाह्य लेखापरीक्षकबाट अन्तर्राष्ट्रिय प्रचलनअनुसारको लेखा प्रणालीअनुरूप पनि गराउन सक्छ । बैङ्कले प्रत्येक महिना समाप्त भएको पन्ध्र दिनभित्र आफ्नो मासिक वासलात तयार गरी प्रकाशन गर्नुपर्ने र वासलात, नाफा-नोक्सान हिसाब र सोसँग सम्बन्धित विवरणसमेत खुलाई प्रत्येक आर्थिक वर्षका लागि वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नु पर्ने व्यवस्था रहेको छ । यस्तो प्रतिवेदनसाथ देहायका प्रतिवेदनहरू पनि साथै पेश गर्नुपर्ने व्यवस्था रहेको छ । (क) लेखा परीक्षण प्रतिवेदन । (ख) आफ्नो काम कारबाही बारेको प्रतिवेदन । (ग) आर्थिक तथा वित्तीय अवस्था बारेको प्रतिवेदन ।
Where to find this
- 11
What penalties apply if a bank or financial institution violates Nepal Rastra Bank's regulations?
0 marksकुनै बैङ्क वा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कको नियमन उल्लङ्घन गरेमा कस्तो सजाय हुने व्यवस्था छ ?
Model answer
NRB may impose one or more of the following on a licensed bank or financial institution that violates the NRB Act, rules/regulations under it or orders/directives issued by NRB: caution or written warning; require the board to sign an undertaking to take corrective steps; issue written orders to stop repeated violations and take corrective action; suspend or end services NRB provides to it; restrict dividend distribution to shareholders; restrict deposits it may accept or loans it may give; partially or fully restrict its business; suspend or cancel its licence. राष्ट्र बैङ्क ऐन वा सो ऐनअन्तर्गत बनेको नियम वा विनियम वा सोअन्तर्गत बैङ्कले जारी गरेको आदेश वा निर्देशनको उल्लङ्घन गर्ने इजाजतप्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई राष्ट्र बैङ्कले देहायबमोजिमको एक वा एकभन्दा बढी सजाय गर्न सक्छ : - सचेत गराउने वा लिखित चेतावनी दिने । - सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउने । - बारम्बार हुने उल्लङ्घन अन्त गर्न, त्यसबाट अलग रहन र सुधारात्मक कदम चाल्नका लागि लिखित आदेश जारी गर्ने । - बैङ्कले दिने सेवा निलम्बन वा अन्त गर्ने । - वाणिज्य बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर होल्डरलाई दिने लाभांशको वितरणमा प्रतिबन्ध लगाउने । - वाणिज्य बैङ्क वा वित्तीय संस्थाले स्वीकार गर्न सक्ने निक्षेप वा दिन सक्ने कर्जामा प्रतिबन्ध लगाउने । - वाणिज्य बैङ्क वा वित्तीय संस्थाको कारोवारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने । - वाणिज्य बैङ्क वा वित्तीय संस्थाको इजाजतपत्र निलम्बन वा रद्द गर्ने ।
- 12
State the main features of the Bank and Financial Institution Act, 2063.
0 marksबैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ का प्रमुख विशेषताहरू उल्लेख गर्नुहोस् ।
Model answer
- A unified, special Act. - Classification of banks and financial institutions. - Limits on transactions. - Class-wise licences, with provision to change class, cancel or re-issue. - Clear structure for the board of directors. - Qualifications required to be a director. - Foreign banks and financial institutions may open branches in Nepal. - Managers retired from NRB may not become directors of another BFI for at least one year. - Clear licensing provisions for establishing BFIs. - Competent, sound regulation and supervision. - Capital structure requires shares to be 100% paid up. - Seeks patient (long-term) directors in running BFIs. - Provision for mergers of BFIs. - Clarity on pre-operating expenses at establishment. - A BFI may not establish another BFI. - एकीकृत र विशेष रुपको ऐन, - बैङ्क तथा वित्तीय संस्थाहरूको वर्गीकरण, - कारोवारको सीमा निर्धारण, - स्तर अनुसारको इजाजतपत्र र स्तर हेरफेर हुन सक्ने, खारेज गर्न सक्ने वा पुन: दिनसक्ने व्यवस्था - संचालक समितिको संरचनाको स्पष्ट व्यवस्था - संचालक हुनका लागि आवश्यक योग्यता निर्धारण, - विदेशी बैङ्क तथा वित्तीय संस्थाले नेपालमा शाखा खोल्न सक्ने व्यवस्था, - नेपाल राष्ट्र बैङ्क बाट अवकाश प्राप्त व्यवस्थापकहरू कम्तिमा एक वर्ष अन्य कुनै बैङ्क तथा वित्तीय संस्थामा संचालक हुन नपाउने व्यवस्था, - बैङ्क तथा वित्तीय संस्था स्थापना सम्बन्धी इजाजतपत्र सम्बन्धी स्पष्ट व्यवस्था, - सक्षम, सुदृढ नियमन र सुपरिवेक्षणको व्यवस्था, - पूँजी संरचनाको व्यवस्था गर्दा शेयरहरूको सत प्रतिशत भुक्तानी भइसकेको हुनुपर्ने व्यवस्था, - बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा धैर्यवान सञ्चालकको खोजी, - बैङ्क तथा वित्तीय संस्था गाभिन सक्ने व्यवस्था - संस्था स्थापना गर्दाको पूर्व सञ्चालन खर्चको स्पष्टता, - कुनै बैङ्क तथा वित्तीय संस्थाले अर्को बैङ्क तथा वित्तीय संस्था स्थापना गर्न नपाउने ।
- 13
Why was the Bank and Financial Institution Act, 2063 enacted? State briefly.
0 marksबैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को तर्जुमा किन भएको हो ? संक्षेपमा उल्लेख गर्नुहोस् ।
Model answer
The Act's preamble states its rationale: to increase public confidence in the overall banking and financial system and protect/promote depositors' interests; to provide quality, reliable banking and financial intermediation services through healthy competition among BFIs; to reduce risk in the banking and financial sector and, by liberalising it, make the national economy strong and sound; to make necessary legal provisions for the establishment, operation, management and regulation of BFIs; and to promptly amend and consolidate the existing BFI laws to make them timely. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को प्रस्तावनामा नै यस ऐनको तर्जुमा हुनु पर्नाको कारण वा यसको औचित्यको बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको पाइन्छ । उक्त ऐनको प्रस्तावनामा उल्लेख भए अनुसार ऐन तर्जुमा गर्नुको औचित्य वा कारणलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ : - मुलुकको समग्र बैङ्किङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गरी निक्षेपकर्ताको हक हितको संरक्षण र सम्वर्द्धन गर्न, - बैङ्क तथा वित्तीय संस्थाको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बैङ्किङ तथा वित्तीय मध्यस्थता सेवा उपलब्ध गराउन, - बैङ्किङ तथा वित्तीय क्षेत्र सम्बन्धी जोखिम कम गर्न, बैङ्किङ तथा वित्तीय क्षेत्रको उदारीकरण गरी नेपाल राज्यको अर्थतन्त्रलाई सबल तथा सुदृढ बनाउन - बैङ्क तथा वित्तीय संस्थाको स्थापना, सञ्चालन, व्यवस्थापन र नियमनका सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्न - बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानूनको तत्काल संशोधन र एकीकरण गरी समयानुकूल बनाउन ।
- 14
What documents must be submitted to obtain approval to establish a bank or financial institution?
0 marksबैङ्क वा वित्तीय संस्थाको संस्थापना गर्न स्वीकृति लिन के कस्ता कागजातहरू पेश गर्नु पर्दछ ?
Model answer
Under Section 4 of BAFIA 2063, before applying to register a BFI under prevailing law, the promoters must apply to NRB for prior approval with the prescribed fee, attaching: (a) the proposed memorandum of association; (b) articles of association; (c) feasibility study report; (d) promoters' personal details in the NRB format; (e) a certified copy of any agreement among promoters about establishing the BFI; (f) evidence of tax paid up to the fiscal year immediately preceding the application; (g) other details and documents NRB prescribes. NRB examines them and, if appropriate, grants approval with or without conditions within 120 days, or informs the applicant of the reasons for refusal. A foreign BFI applying to establish a BFI in joint venture with a Nepali incorporated body or citizens, or as a 100% owned subsidiary, may also be granted approval under this section. बैङ्क वा वित्तीय संस्था संस्थापना गर्ने प्रयोजनको लागि सम्बन्धित व्यक्तिले त्यस्तो बैङ्क वा वित्तीय संस्था प्रचलित कानून बमोजिम दर्ता गर्न निवेदन दिनुअघि देहायका कागजात संलग्न गरी राष्ट्र बैङ्कले तोकेको दस्तुर सहित पूर्व स्वीकृतिको लागि राष्ट्र बैङ्कमा निवेदन दिनु पर्ने व्यवस्था बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ४ मा उल्लेख गरिएको छ :- (क) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको प्रबन्धपत्र, (ख) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको नियमावली, (ग) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको सम्भाव्यता अध्ययन प्रतिवेदन, (घ) राष्ट्र बैङ्कले तोकेको ढाँचामा संस्थापकहरूको व्यक्तिगत विवरण, (ङ) बैङ्क वा वित्तीय संस्था संस्थापना गर्नुअघि बैङ्क वा वित्तीय संस्था संस्थापना गर्ने सम्बन्धमा संस्थापकहरूबीच कुनै सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताको प्रमाणित प्रतिलिपि, (च) संस्थापकहरूले यस दफा बमोजिम निवेदन दिनुभन्दा तत्काल अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता गरेको प्रमाण, (छ) बैङ्क वा वित्तीय संस्था संस्थापना सम्बन्धमा राष्ट्र बैङ्कले तोकेका अन्य विवरण तथा कागजात । पूर्व स्वीकृतिको लागि उल्लेखित कागजातहरू संलग्न गरी निवेदन पर्न आएमा पेश गरेका कागजातको जाँचबुझ गरी राष्ट्र बैङ्कले स्वीकृति दिन उपयुक्त देखेमा कुनै शर्त तोकी वा नतोकी त्यसरी निवेदन पर्न आएको एक सय बीस दिनभित्र त्यस्तो बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न स्वीकृति दिने र स्वीकृति दिन नपर्ने अवस्था भएमा सोको कारण खुलाई निवेदकलाई जानकारी गराउनु पर्ने व्यवस्था समेत उक्त दफामा उल्लेख गरिएको छ । त्यसैगरी कुनै विदेशी बैङ्क वा वित्तीय संस्थाले नेपाल राज्यमा संस्थापना भएको संगठित संस्था वा नागरिकसँग मिली संयुक्त लगानीमा वा विदेशी बैङ्क वा वित्तीय संस्थाको शतप्रतिशत शेयर लिएको सहायक कम्पनीको रूपमा यस ऐन बमोजिम बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न उपदफा (१) बमोजिम निवेदन दिएकोमा यस दफा बमोजिम त्यस्तो बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न स्वीकृति दिन्छ ।
- 15
In what circumstances may Nepal Rastra Bank refuse prior approval to establish a bank or financial institution?
0 marksकस्तो अवस्थामा राष्ट्र बैङ्कले कुनै बैङ्क वा वित्तीय संस्थाको संस्थापना गर्नका लागि पूर्व स्वीकृति दिन इन्कार गर्न सक्छ ?
Model answer
Under Section 5 of BAFIA 2063, NRB may refuse prior approval if: (a) the proposed name matches an already registered BFI; (b) the name or proposed business is unsuitable or undesirable from the standpoint of public interest, morality, decency, religion, caste or community; (c) its objectives are contrary to law; (d) it is technically unsuitable; (e) study of the feasibility report, documents and infrastructure gives no confidence that it will operate soundly and competitively; (f) the application to register the memorandum and articles is not made in the names of all promoters; (g) all promoters have not signed the memorandum and articles with name and address before a witness whose name and address is also shown; (h) each promoter has not agreed to take at least one share; (i) each promoter has not clearly stated the number of shares taken when signing the memorandum; (j) the fee and documents required under Section 4 are not submitted; (k) NRB's conditions are not met. Sub-section (2) requires NRB to inform the applicant when it refuses registration. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ५ मा राष्ट्र बैङ्कले कुनै बैङ्क वा वित्तीय संस्थाको संस्थापना गर्नका लागि पूर्व स्वीकृति दिन इन्कार गर्न सकिने व्यवस्था गरेको देखिन्छ । उक्त दफामा उल्लेख भए अनुसार निम्नानुसारको अवस्थामा राष्ट्र बैङ्क ले बैङ्क तथा वित्तीय संस्थाको स्थापना गर्नका लागि पूर्व स्वीकृति दिन इन्कार गर्न सक्दछ : (क) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको नाम पहिले नै दर्ता भई कायम रहेको कुनै बैङ्क वा वित्तीय संस्थाको नामसँग मिल्ने भएमा, (ख) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको नाम वा त्यसले गर्ने वित्तीय कारोबार सार्वजनिक हित, सदाचार, शिष्टाचार, धर्म, जातजाति वा सम्प्रदाय आदिको दृष्टिकोणले अनुपयुक्त वा अवाञ्छनीय देखिएमा, (ग) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको उद्देश्य प्रचलित कानून विपरीत भएमा, (घ) बैङ्क वा वित्तीय संस्था संस्थापना गर्न प्राविधिक दृष्टिकोणबाट अनुपयुक्त देखिएमा, (ङ) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाले पेश गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन, विवरण तथा कागजात र अन्य पूर्वाधारलाई अध्ययन गर्दा वित्तीय कारोबार स्वस्थ र प्रतिस्पर्धात्मक ढङ्गबाट सञ्चालन गर्ने कुरामा विश्वास गर्न नसकिने भएमा, (च) प्रबन्धपत्र र नियमावली दर्ता गर्नको लागि प्रस्तावित बैङ्क वा वित्तीय संस्थाका सबै संस्थापक सदस्यको नामबाट निवेदन नपरेको भएमा, (छ) प्रबन्धपत्र र नियमावलीमा प्रस्तावित बैङ्क वा वित्तीय संस्थाका सबै संस्थापकहरूले आफ्नो नाम, ठेगाना समेत खुलाई कुनै एकजना साक्षीको रोहवरमा सहीछाप गरी सो साक्षीको नाम, ठेगाना समेत नखुलाएको भएमा, (ज) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको प्रत्येक संस्थापकले सो बैङ्क वा वित्तीय संस्थाको कम्तीमा एक कित्ता शेयर लिन मन्जूर गरेको नभएमा, (झ) प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको प्रत्येक संस्थापकले प्रबन्धपत्रमा सही गर्दा आफूले लिने शेयर संख्या समेत स्पष्ट रूपमा नखुलाएको भएमा, (ञ) दफा ४ बमोजिम दाखिला गर्नु पर्ने दस्तुर र कागजात दाखिला नभएमा, (ट) राष्ट्र बैङ्कले तोकेका शर्त पूरा नगरेमा । माथी उल्लिखित कुनै अवस्था परी प्रस्तावित बैङ्क वा वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावली दर्ता गर्न इन्कार गरेकोमा राष्ट्र बैङ्कले निवेदकलाई सो कुराको जानकारी दिनु पर्ने व्यवस्था पनि सोही दफाको उपदफा (२) मा गरिएको छ ।
- 16
Under what conditions may a bank or financial institution buy back its own shares?
0 marksके कस्ता शर्त पुरा गरेको अवस्थामा बैङ्क तथा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गर्न सक्छ ? उल्लेख गर्नुहोस् ।
Model answer
Section 10(1) of BAFIA 2063 bars a BFI from buying back its own shares or lending against them, but Section 10(2) allows buyback, with NRB approval and from distributable accumulated profits up to the percentage NRB sets, if: (a) the shares issued are fully paid; (b) the shares are registered with the Securities Board; (c) the BFI's articles allow buyback; (d) its general meeting has passed a special resolution for buyback; (e) after buyback, its debt payable will not exceed twice its capital plus general reserve; (f) the buyback amount will not exceed 20% of total paid-up capital plus general reserve; (g) it is not contrary to NRB directives issued from time to time. बैङ्क तथा वित्तीय संस्थाले आफ्नो शेयर आफै खरिद (बाइ ब्याक) गर्न वा जमानतमा राखी ऋण दिन नहुने भनि बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा १० (१) मा उल्लेख गरिएको भएतापनि तापनि सोही दफाको उपदफा (२) मा देहायको अवस्थामा राष्ट्र बैङ्कको स्वीकृति लिई सोही बैङ्कले तोकेको प्रतिशतमा नबढ्ने गरी लाभांशको रूपमा वितरण हुन सक्ने सञ्चित मुनाफाको रकमबाट बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफै खरिद गर्न सक्ने व्यवस्था छ : (क) बैङ्क वा वित्तीय संस्थाले जारी गरेको शेयरको सम्पूर्ण रकम भुक्तानी भैसकेको भए, (ख) बैङ्क वा वित्तीय संस्थाले जारी गरेको शेयर धितोपत्र बोर्डमा दर्ता भई सकेको भए, (ग) आफ्नो शेयर आफै खरिद गर्न सक्ने व्यवस्था सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको नियमावलीमा भएको भए, (घ) आफ्नो शेयर आफै खरिद गर्न सक्ने गरी सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको साधारण सभामा विशेष प्रस्ताव पारित भएको भए, (ङ) बैङ्क वा वित्तीय संस्थाले चुक्ता गर्नु पर्ने ऋण रकम बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर आफै खरिद गरी सकेपछि पुँजी तथा साधारण जगेडा कोषको रकमको अनुपातमा दोब्बरभन्दा बढी नहुने भए, (च) बैङ्क वा वित्तीय संस्थाले खरिद गर्ने आफ्नो शेयरको रकम कम्पनीको कुल चुक्ता पुँजी तथा साधारण जगेडा कोषको रकमको बीस प्रतिशतभन्दा बढी नहुने भए, (छ) आफ्नो शेयर आफै खरिद गर्ने सम्बन्धमा राष्ट्र बैङ्कले समय समयमा जारी गरेको निर्देशन प्रतिकूल नहुने भए ।
- 17
Officials holding which posts in banks and financial institutions are barred from trading securities?
0 marksबैङ्क तथा वित्तीय संस्थाका कुन कुन पदमा रहेका पदाधिकारीलाई धितोपत्र कारोवार गर्नमा बन्देज लगाइएको छ ?
Model answer
Section 11 of BAFIA 2063 bars directors, the chief executive, auditor, secretary, or any person directly involved in management or accounts of a BFI, while in office and for at least one year after leaving, from buying, selling, pledging, gifting or otherwise dealing in securities of that BFI or its subsidiary in their own name, their family's, or that of a firm, company or institution controlled by them or their family. The restriction does not apply to newly issued shares. Securities dealt in contravention may be confiscated by the BFI and sold/distributed as the board deems appropriate. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ११ मा बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, सचिव वा बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको कम्तीमा एक वर्षसम्म सम्बन्धित बैङ्क वा वित्तीय संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवार वा आफ्नो वा आफ्नो परिवारको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा खरिद बिक्री गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन वा लेनदेन गर्न नहुने व्यवस्था गरिएको छ तर नयाँ शेयर जारी गरेको अवस्थामा यो प्रतिबन्ध लागू नहुने उल्लेख छ । कसैले यसको विपरीत कुनै काम गरेमा त्यस्तो धितोपत्र सम्बन्धित बैङ्क वा वित्तीय संस्थाले जफत गर्न सक्ने र जफत भएको धितोपत्र समितिले उचित ठहऱ्याएको किसिमबाट बिक्री वितरण गर्न सक्ने समेतको कानुनी व्यवस्था रहेको देखिन्छ ।
- 18
Who is disqualified from being elected or nominated as a director of a bank or financial institution?
0 marksकस्तो व्यक्ति बैङ्क वा वित्तीय संस्थाको संचालक पदमा निर्वाचित वा मनोनीत हुन अयोग्य मानिन्छ ?
Model answer
Under Section 18 of BAFIA 2063 a person is disqualified from appointment/election as director if he or she: (a) is under 21; (b) is of unsound mind; (c) has been declared insolvent; (d) was blacklisted in a transaction with a BFI and three years have not passed since delisting; (e) is a director or employee of another bank, financial institution or deposit-taking business, or a serving auditor or adviser of another BFI; (f) has a stake in any contract with the BFI; (g) holds securities-market membership as a securities businessperson; (h) does not hold the minimum shares required by the articles; (i) is a serving employee of the Government, NRB or a BFI (except when nominated to a BFI in which the Government or another BFI holds shares); (j) is a former NRB Governor, Deputy Governor or special-class employee and one year has not passed since leaving; (k) has unpaid tax liability; (l) was convicted of a criminal offence involving moral turpitude and five years have not passed since completing the sentence; (m) was convicted of corruption or fraud; (n) five years have not passed since NRB took action for non-compliance with its directives or took over management leading to suspension or dissolution. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा १८ मा निम्नानुसारको व्यक्ति संचालकको पदमा नियुक्ति वा चिर्वाचित हुन अयोग्य मानिने व्यवस्था भएको देखिन्छ : (क) २१ वर्ष उमेर पूरा नभएको, (ख) मगज बिग्रिएको वा मानसिक सन्तुलन ठीक नभएको, (ग) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको, (घ) बैङ्क वा वित्तीय संस्था संगको कुनै कारोबारमा कालोसूचीमा परी सो सूचीबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएको, (ङ) कुनै बैङ्क, वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप सम्बन्धी व्यवसाय सञ्चालन गर्ने वित्तीय संस्थाको सञ्चालक वा त्यस्तो संस्थामा कार्यरत कर्मचारी वा अन्य बैङ्क वा वित्तीय संस्थाको वहालवाला लेखापरीक्षक वा सल्लाहकार, (च) सम्बन्धित बैङ्क वा वित्तीय संस्थासँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको, (छ) धितोपत्र व्यवसायीको रूपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको, (ज) बैङ्क वा वित्तीय संस्थाको नियमावली बमोजिम सञ्चालक हुनको लागि लिनुपर्ने न्यूनतम शेयर नलिएको, (झ) नेपाल सरकार, राष्ट्र बैङ्क वा बैङ्क वा वित्तीय संस्थाको वहालवाला कर्मचारी, तर, नेपाल सरकारले शेयर खरिद गरेको बैङ्क वा वित्तीय संस्थामा वा कुनै बैङ्क वा वित्तीय संस्थाले शेयर खरिद गरेको अर्को बैङ्क वा वित्तीय संस्थामा सञ्चालक मनोनीत भएकोमा यो व्यवस्था लागू हुने छैन । (ञ) राष्ट्र बैङ्कको गभर्नर, डेपुटी गभर्नर र विशिष्ट श्रेणीका कर्मचारीको पदमा बहाल रही सेवाबाट हटेको वा अवकास प्राप्त गरेको व्यक्ति भएमा सेवाबाट हटेको वा अवकाश प्राप्त गरेको मितिले कम्तीमा एक वर्ष पूरा नभएको, (ट) प्रचलित कानून बमोजिम कर तिर्नुपर्ने दायित्व भई त्यस्तो कर चुक्ता नगरेको, (ठ) नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाई त्यस्तो सजाय भुक्तान भएको मितिले पाँच वर्ष नपुगेको, (ड) भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको, (ढ) राष्ट्र बैङ्कको निर्देशन पालना नगरेको कारणबाट राष्ट्र बैङ्कले कारवाही गरेको वा राष्ट्र बैङ्कले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिई निलम्बन वा विघटनमा परेको मितिले पाँच वर्ष नपुगेको ।
Where to find this
- 19
What qualifications and experience does Nepal Rastra Bank use as the basis when preparing a list of professional experts?
0 marksनेपाल राष्ट्र बैङ्कले व्यावसायिक विशेषज्ञहरूको सूची तयार पार्दा के कस्तो योग्यता तथा अनुभवलाई आधार मान्ने गर्दछ ?
Model answer
Section 13 of BAFIA 2063 lets NRB maintain a roster of professional experts who: (a) hold at least a master's degree in management, banking, finance, monetary economics, economics, commerce, business administration or commercial law, or a chartered accountancy qualification, with at least five years' executive-level experience in the banking and financial sector; and (b) are not disqualified under Section 18. NRB updates the list annually and publishes it in national newspapers for public information. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा १३ मा देहायको योग्यता तथा अनुभवका आधारमा व्यावसायिक विशेषज्ञहरूको सूची कायम गर्न सक्ने व्यवस्था गरिएको छ :- (क) व्यवस्थापन, बैङ्किङ, वित्तीय, मौद्रिक, अर्थ शास्त्र, वाणिज्य शास्त्र, व्यापार प्रशासन, वाणिज्य कानून विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी उपाधि हासिल गरी बैङ्किङ तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा पाँच वर्षको कार्यानुभव भएको । (ख) ऐनको दफा १८ बमोजिमको अयोग्यता नभएको । यसरी कायम गरेको व्यावसायिक विशेषज्ञहरूको सूची प्रत्येक वर्ष अद्यावधिक गरी राष्ट्र बैङ्कले सार्वजनिक जानकारीको लागि राष्ट्रिय स्तरको पत्र-पत्रिकामा प्रकाशन गर्ने व्यवस्था समेत उक्त दफामा गरिएको छ ।
Where to find this
- 20
Briefly state the functions of Class 'A' banks and financial institutions, i.e. commercial banks, under the Bank and Financial Institution Act, 2063.
0 marksबैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ अनुसार "क" वर्ग का बैङ्क तथा वित्तीय संस्था अर्थात वाणिज्य बैङ्कहरूको कार्यहरू संक्षेपमा उल्लेख गर्नुहोस् ।
Model answer
- Accept deposits, repay deposits and lend as prescribed. - Deal in foreign exchange subject to law. - Lend for services and business. - Conduct merchant banking per NRB directives. - Lend jointly with other BFIs under consortium financing. - Provide guarantees. - Lend against guarantees of other domestic or foreign BFIs. - Issue, accept, pay, discount or buy/sell instruments such as letters of credit, bills of exchange, promissory notes, cheques, traveller's cheques and drafts. - Accept deposits, make payments and transfer funds electronically. - Issue and accept electronic banking instruments such as credit, debit and charge cards. - Act as NRB's agent for government and other transactions on NRB's terms. - Remit funds by bills, cheques or other instruments. - Buy/sell gold, silver, shares, debentures, bonds, and collect dividends and interest on them. - Buy, sell or underwrite government bonds. - Provide safe deposit vaults. - Conduct off-balance-sheet business on NRB's terms. - Exchange borrower/customer information. - Act as guarantor (partially legible bullet). - Mobilise capital via shares, debentures, bonds, savings certificates or other instruments. - Take refinance or borrow from/lend to other BFIs. - Write off loans. - Manage or sell own property and borrow against collateral. - Other functions prescribed by NRB. - निक्षेप स्वीकार गर्ने, निक्षेपको भुक्तानी दिने र तोकिए बमोजिम कर्जा दिने, - प्रचलित कानुनको अधीनमा रही विदेशी विनिमय कारोवार गर्ने, - सेवा तथा व्यवसायको लागि कर्जा दिने, - राष्ट्र बैङ्कको निर्देशन अनुसार मर्चेण्ट बैङ्किङ कारोवार गर्ने, - अन्य बैङ्क/वित्तीय संस्थासँग सहवित्तीयकरणको आधारमा संयुक्त रूपमा कर्जा दिने दिलाउने, - जमानतसम्बन्धी काम गर्ने, - अरु स्वदेशी वा विदेशी बैङ्क वा वित्तीय संस्थाको जमानतमा कर्जा दिने, - विभिन्न वित्तीय उपकरणहरू (प्रतीतपत्र, विनिमयपत्र, प्रतिज्ञापत्र, चेक, यात्रु चेक, ड्राफ्ट आदि) निष्काशन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउण्ट गर्ने वा खरिद बिक्री गर्ने, - विद्युतीय माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने वा रकमान्तर गर्ने, - विद्युतीय माध्यमबाट बैङ्किङ्का लागि वित्तीय उपकरणहरू (क्रेडिट कार्ड, डेबिट कार्ड, चार्ज कार्ड लगायतका अन्य वित्तीय उपकरणहरू जारी गर्ने तथा स्वीकार गर्ने, - राष्ट्र बैङ्कले तोकेको शर्तमा राष्ट्र बैङ्कको एजेण्ट भई सरकारी कारोवार लगायत अन्य कारोवार गर्ने, - विनिमयपत्र, चेक वा अन्य वित्तीय उपकरणद्वारा रकम पठाउने वा चलान गर्ने, - सुन, चाँदी, शेयर, डिबेन्चर, बण्ड आदि खरिद बिक्री गर्ने र शेयरको लाभांश तथा प्रतिज्ञापत्र, डिबेन्चर, बण्ड आदिको ब्याज असूलउपर गर्ने, - सरकारी ऋणपत्र खरिद बिक्री गर्ने वा सकार गर्ने, - सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने, - राष्ट्र बैङ्कले तोकिदिएको शर्तमा वासलातबाहिरको कारोबार गर्ने, - ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी लिने दिने, - गराउन जमानी बस्ने, - शेयर डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र, वा अन्य वित्तीय उपकरणको माध्यमबाट पुँजी परिचालन गर्ने, - पुनर्कर्जा लिने वा अन्य बैङ्क/वित्तीय संस्थाबाट कर्जा लिनेदिने, - कर्जा अपलेखन गर्ने, - आफ्नो जायजेथाको उचित प्रबन्ध वा बिक्री गर्ने तथा धितो राखी कर्जा लिने - राष्ट्र बैङ्कले तोकेका अन्य काम गर्ने आदि
Where to find this
- 21
State the functions, duties and powers of the chief executive of a bank or financial institution.
0 marksबैङ्क तथा वित्तीय संस्थाका कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकारहरूबारे उल्लेख गर्नुहोस् ।
Model answer
Under Section 27 of BAFIA 2063 the chief executive: (a) implements board decisions and oversees and controls the BFI's operations and transactions subject to the Act, memorandum and articles; (b) prepares the annual budget and work plan and submits them to the board for approval; (c) manages human resources subject to the staff bylaws; (d) implements decisions of the board and general meeting and NRB directives; (e) submits on time the statements, documents and decisions the BFI must furnish to NRB or other bodies; (f) performs other prescribed functions relating to running the BFI. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा २७ मा उल्लेख भए अनुसार कार्यकारी प्रमुखको काम कर्तव्य र अधिकार निम्नानुसार छन् : (क) समितिको निर्णय लागू गर्ने र यस ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैङ्क वा वित्तीय संस्थाको काम कारवाही तथा कारोबारको रेखदेख र नियन्त्रण गर्ने, (ख) बैङ्क वा वित्तीय संस्थाको वार्षिक बजेट र कार्ययोजना तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने, (ग) बैङ्क वा वित्तीय संस्थाको कर्मचारी विनियमावलीको अधीनमा रही आवश्यक जनशक्ति व्यवस्थापन गर्ने, (घ) समिति र साधारण सभाद्वारा गरिएका निर्णय र राष्ट्र बैङ्कद्वारा निर्देशित कुराहरू कार्यान्वयन गर्ने, गराउने, (ङ) यो ऐन, प्रबन्धपत्र र नियमावलीको अधीनमा रही बैङ्क वा वित्तीय संस्थाले राष्ट्र बैङ्क वा अन्य कुनै निकायमा पेश गर्नु पर्ने विवरण, कागजात, निर्णय आदि यथासमयमा पेश गर्ने, (च) बैङ्क वा वित्तीय संस्था सञ्चालन गर्ने सम्बन्धमा तोकिए बमोजिमका अन्य कार्यहरू गर्ने ।
- 22
What statements must licensed banks and financial institutions regularly submit to Nepal Rastra Bank?
0 marksइजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूले के कस्तो विवरण राष्ट्र बैङ्क समक्ष नियमित रूपमा पेश गर्नु पर्छ ?
Model answer
Under Section 55 of BAFIA 2063, licensed institutions must regularly submit to NRB, as prescribed: (a) details of on- and off-balance-sheet transactions and related accounts and income/expenditure; (b) conditions or restrictions imposed on all such transactions; (c) foreign currency position, spot and forward exchange rates or similar instruments, and electronic or other payment-system processes; (d) other statements and documents NRB prescribes. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ५५ मा उल्लेख भए अनुसार इजाजतपत्रप्राप्त संस्थाले राष्ट्र बैङ्कले तोके बमोजिम देहायको विवरण राष्ट्र बैङ्क समक्ष नियमित रूपमा पेश गर्नु पर्दछ :- (क) वासलातभित्र र वासलातबाहिरको कारोबार तथा सोसँग सम्बन्धित लेखा र आम्दानी खर्चको विवरण, (ख) वासलातभित्र र वासलातबाहिरका सबै प्रकारको कारोबारका सम्बन्धमा लगाइएको शर्त वा प्रतिबन्ध सम्बन्धी विवरण, (ग) विदेशी मुद्राको स्थिति, विनिमयदर (स्पट), अग्रिम विनिमय दर वा यस्तै प्रकारका अन्य उपकरण र विद्युतीय वा भुक्तानी प्रणालीका अन्य प्रक्रिया सम्बन्धी विवरण, (घ) राष्ट्र बैङ्कले तोकेको अन्य विवरण तथा कागजात ।
- 23
Who is not eligible to be appointed auditor of a licensed institution?
0 marksकस्तो व्यक्ति इजाजतपत्रप्राप्त संस्थाको लेखापरीक्षकमा नियुक्त हुन योग्य हुँदैन ?
Model answer
Under Section 61 of BAFIA 2063, the following persons (or a company/firm in which they are founders or partners) may not be appointed or continue as auditor of a licensed institution: (a) a director or director's family member; (b) an employee; (c) a person who has worked in partnership with a director or employee; (d) a borrower (debtor) of the institution; (e) a person convicted of an audit-related offence within the past five years; (f) an insolvent person; (g) a person, firm, company or institution holding 1% or more of its shares; (h) a person convicted of a crime involving moral turpitude within the past five years; (i) a person convicted of corruption or fraud; (j) a person not on NRB's approved auditors' list. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ६१ मा उल्लेख भए अनुसार देहायको व्यक्ति वा त्यस्ता व्यक्ति संस्थापक वा हिस्सेदार भएको कम्पनी वा फर्म इजाजतपत्रप्राप्त संस्थाको लेखापरीक्षकमा नियुक्त हुन र नियुक्त भइसकेको भए पनि बहाल रहन सक्दैन : (क) इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक वा निजको परिवारका सदस्य, (ख) इजाजतपत्रप्राप्त संस्थाको कर्मचारी, (ग) इजाजतपत्रप्राप्त संस्थाको सञ्चालक वा कर्मचारीसँग साझेदार भई काम गरेको व्यक्ति, (घ) इजाजतपत्रप्राप्त संस्थाको आसामी, (ङ) लेखापरीक्षण सम्बन्धी अपराधमा सजाय पाई पाँच वर्षको अवधि व्यतित भइ नसकेको व्यक्ति, (च) साहूको दामासाहीमा परेको व्यक्ति, (छ) इजाजतपत्रप्राप्त संस्थाको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, फर्म, कम्पनी वा संस्था, (ज) नैतिक पतन हुने फौजदारी अपराधमा अदालतबाट सजाय पाई पाँच वर्षको अवधि व्यतित भई नसकेको व्यक्ति, (झ) भ्रष्टाचार वा ठगीको कसूरमा अदालतबाट सजाय पाएको व्यक्ति, (ञ) राष्ट्र बैङ्कले स्वीकृत गरेको लेखापरीक्षकको सूचीमा सामावेश नभएको व्यक्ति ।
Where to find this
- 24
What legal procedure must banks and financial institutions complete if they wish to merge with each other?
0 marksबैङ्क तथा वित्तिय संस्थाहरू एक आपसमा गाभिन चाहेमा के कस्तो कानुनी प्रकृया पुरा गर्नु पर्दछ ?
Model answer
Under Section 69 of BAFIA 2063, when one licensed institution wishes to merge with another, both must pass a special resolution at their general meetings and jointly apply to NRB for approval, stating/attaching: (a) the auditor's report with audited financial statements (balance sheet, profit and loss account, cash flow statement) of the merging institution for the last fiscal year; (b) copies of written consent of creditors of both institutions to the merger; (c) valuation of movable and immovable assets and a true statement of liabilities of the merging institution; (d) a copy of the decision regarding the merging institution's staff; (e) other matters NRB prescribes for mergers. बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ को दफा ६९ मा एउटा इजाजतपत्रप्राप्त संस्था अर्को इजाजतपत्र प्राप्त संस्थामा गाभ्न वा गाभिन चाहेमा गाभ्न र गाभिन चाहने दुवै इजाजतपत्रप्राप्त संस्थाले आआफ्नो साधारण सभाबाट सो सम्बन्धी विशेष प्रस्ताव पारित गरी स्वीकृतिको निमित्त राष्ट्र बैङ्कमा संयुक्त रूपमा देहायका कुरा खुलाई निवेदन दिनु पर्ने व्यवस्था गरेको देखिन्छ : (क) गाभिने इजाजतपत्रप्राप्त संस्थाको पछिल्लो आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण सहितको लेखापरीक्षकको प्रतिवेदन, (ख) गाभ्ने र गाभिने इजाजतपत्रप्राप्त संस्थाले ऋण लिएको साहूको गाभ्न वा गाभिनको लागि दिएको लिखित सहमति पत्रको प्रतिलिपि, (ग) गाभिने इजाजतपत्रप्राप्त संस्थाको चल अचल सम्पत्तिको मूल्याङ्कन र दायित्वको यथार्थ विवरण, (घ) गाभिने इजाजतपत्रप्राप्त संस्थाको कर्मचारीको सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, (ङ) इजाजतपत्रप्राप्त संस्था एक आपसमा गाभिने सम्बन्धमा राष्ट्र बैङ्कले तोकेको अन्य आवश्यक कुरा ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.