RBB Senior Assistant (Level 5) Study Book Part 5 (Banking: L/C types, cards, branchless/mobile banking, securities, bank functions)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- model
- subjective questions
- 22
Subjective questions
22 questions- 1
Back to Back Letter of Credit (continued from the previous part).
0 marksBack to Back Letter of Credit (अघिल्लो भागबाट जारी)
Model answer
(Continued) When the exporter lacks funds to buy goods from a supplier and the original L/C is not transferable, the exporter asks its bank to open a second L/C (import L/C) in favour of the second supplier on the strength of the original export L/C; the bank, acting as issuing bank, opens the second L/C backed by the first. Such an L/C is a Back to Back Letter of Credit. ...सामान क्रेतालाई उपलब्ध गराउनुपर्ने अवस्थामा निर्यातकर्ता/सप्लायरसँग सामान खरिद गर्न आवश्यक रकम उपलब्ध नहुने र निर्यातकर्तालाई प्राप्त भएको Original Letter of Credit पनि Transferable हुन नसकेको अवस्थामा निर्यातकर्ताले आफ्नो बैंकमा गई पहिलो सप्लायरले Original Letter of Credit (Export L/C) को आधारमा दोस्रो सप्लायरको नाममा अर्को प्रतीतपत्र (Import L/C) खोल्न अनुरोध गर्दछ र सो बैंकले Issuing Bank को भूमिका समेत निर्वाह गरी शुरुको प्रतीतपत्रको Backing मा दोस्रो प्रतीतपत्र खोल्दछ भने यस्तो प्रतीतपत्रलाई नै Back to Back Letter of Credit भनिन्छ ।
- 2
Explain Transferable Letter of Credit.
0 marksTransferable Letter of Credit
Model answer
An L/C that, where partial shipment is allowed or goods from exporters other than the named one are acceptable, the seller may transfer wholly or partly to other exporters while retaining its own rights. प्रतीतपत्रमा आंशिक शिपमेन्टको प्रावधान भए वा प्रतीतपत्रमा उल्लेख भएका निर्यातकर्ता बाहेक अन्य निर्यातकर्ताहरूले पनि सामान पठाएमा स्वीकार गर्ने भनी उल्लेख भएमा बिक्रेताले आफ्नो अधिकार सुरक्षित राख्दै अन्य निर्यातकर्तालाई सो प्रतीतपत्र अन्तर्गत सम्पूर्ण वा आंशिक कार्य गर्न हस्तान्तरण गर्न सकिने प्रतीतपत्रलाई Transferable Letter of Credit भनिन्छ ।
- 3
Explain Red Clause Letter of Credit.
0 marksRed Clause Letter of Credit
Model answer
An L/C containing a clause, inserted by the importer to help the exporter, under which the beneficiary's bank advances money to the exporter to buy or prepare raw materials or meet other expenses. यस्तो प्रतीतपत्रमा आयातकर्ताले निर्यातकर्तालाई सुविधा दिनको लागि प्रतीतपत्रमा एउटा यस्तो Clause राख्ने गरिन्छ जस अनुसार बेनिफिसियरी बैंकले निर्यातकर्तालाई कच्चा पदार्थ खरिद गर्न वा तयार गर्न वा अन्य खर्चको लागि अग्रिम रकम दिने व्यवस्था सहित जारी गरेको प्रतीतपत्र नै Red Clause Letter of Credit हो ।
- 4
Explain Green Clause Letter of Credit.
0 marksGreen Clause Letter of Credit
Model answer
An L/C that provides an advance (loan) to cover costs of storing goods and carrying them to the port and/or arranging documents after shipment. त्यस्तो प्रतीतपत्र जसमा मालसामान संग्रह गरी बन्दरगाहसम्म लैजान लाग्ने खर्च र/वा मालसामान चलान गरेपछि अन्य कागजातहरूको व्यवस्था मिलाउन लाग्ने खर्चको लागि केही रकम सापटी (पेश्की स्वरुप) प्रतीतपत्रबाट दिइने व्यवस्था भएको हुन्छ भने त्यस प्रकारको प्रतीतपत्रलाई Green Clause Letter of Credit भनिन्छ ।
- 5
Explain Stand by Letter of Credit (SLC).
0 marksStand by Letter of Credit (SLC)
Model answer
An L/C issued to pay up to a fixed amount to cover loss if a specified task is not completed within a set time; it is essentially a form of bank guarantee. कुनै निश्चित कार्य सम्पन्न गर्नका लागि निश्चित समयभित्र सो कार्य सम्पन्न नभएको कारणबाट सामान्य नोक्सानी वहन गर्ने गरि निश्चित रकमसम्मको भुक्तानी गर्नेगरी जारी गरिने प्रतीतपत्रलाई Stand by Letter of Credit भनिन्छ । यो एक प्रकारको बैंक ग्यारेन्टी नै हो ।
- 6
Explain Restricted Letter of Credit.
0 marksRestricted Letter of Credit
Model answer
An L/C that allows document negotiation only with a named bank; the issuing/reimbursing bank pays only the nominated negotiating bank. प्रतीतपत्रमा तोकिएको बैंकसँग मात्र Document Negotiation गर्न सकिने शर्त राखी जारी गरिएको प्रतीतपत्रलाई Restricted Letter of Credit भनिन्छ । सामान्यतया यस्तो प्रतीतपत्र अन्तर्गतको भुक्तानी गर्दा Issuing/Reimbursing Bank ले तोकेको Negotiating Bank लाई बाहेक अरु बैंकलाई भुक्तानी गर्दैन ।
- 7
Explain Unrestricted Letter of Credit.
0 marksUnrestricted Letter of Credit
Model answer
An L/C with no restriction on where documents are negotiated; negotiation can be done at any bank. यस प्रकारको प्रतीतपत्रमा Document Negotiation को लागि बन्देज (Restriction) को शर्त रहेको हुँदैन । त्यसैले Document Negotiation कुनै पनि बैंकमा गर्न सकिने हुन्छ ।
- 8
What are the parties involved in a letter of credit transaction?
0 marksप्रतीतपत्र कारोबारमा संलग्न हुने पक्षहरू (Parties Involved in LC)
Model answer
- Importer/applicant: the buyer who applies to its bank to open an L/C. - Beneficiary (seller/exporter/supplier/shipper): the party in whose favour the L/C is opened. - Issuing (opening) bank: the importer's bank that issues the L/C, usually in the applicant's country. - Advising bank: a correspondent of the issuing bank that advises the L/C to the beneficiary, usually in the beneficiary's country. - Confirming bank: adds its confirmation and takes on the same payment liability as the issuing bank. - Negotiating bank: pays the seller against compliant documents, forwards them to the issuing bank and claims reimbursement. - Reimbursing bank: holds the issuing bank's nostro account and pays the negotiating/collecting bank on its instruction. - Nominated bank: chosen by the issuing bank to pay, accept drafts or negotiate. - Remitting bank: the beneficiary's bank that remits payment on the basis of drafts/shipping documents. - Collecting bank: collects the amount from the importer and pays the presenting bank. - **आयातकर्ता वा निवेदक (Importer/Buyer/LC Applicant/Accountee):** आयातकर्ता वा निवेदक भन्नाले सामान आयात गर्ने प्रयोजनार्थ प्रतीतपत्र खोल्न वा जारी गर्न नियमानुसार कागजात संलग्न गरी निवेदन दिने वा अनुरोध गर्ने व्यक्ति/कम्पनी/व्यापारिक संस्था/सरकारी वा अर्धसरकारी संस्था/ग्राहकलाई सम्झनु पर्दछ । प्रतीतपत्र कारोबारमा प्रतीतपत्र खोल्न अनुरोध गर्ने खरिदकर्ता निवेदक हुन्छ । - **बिक्रेता/निर्यातकर्ता (Benificiary) [Seller/Exporter]:** बिक्रेता/निर्यातकर्ता भन्नाले सामान बिक्री वा निर्यात गर्ने पक्ष हो अर्थात् जसको पक्षमा आयातकर्ताद्वारा आयातकर्ताको बैंक मार्फत प्रतीतपत्र जारी गरिन्छ । यस पक्षलाई Exporter/Seller/Supplier/Shipper पनि भनिन्छ । - **Issuing Bank:** Issuing Bank भन्नाले ग्राहक वा निवेदकको अनुरोधमा Beneficiary को पक्षमा प्रतीतपत्र जारी गर्ने वा प्रतीतपत्र खोल्ने बैंकलाई बुझाउछ । यो बैंकको कार्य आफ्नो ग्राहक आयातकर्ताको अनुरोधमा निर्यातकर्ताको नाममा Advising Bank मार्फत प्रतीतपत्र निष्काशन गर्नु हो । यस बैंकलाई Opening Bank वा आयातकर्ताको बैंक पनि भनिन्छ जुन सामान्यतया निवेदकको क्षेत्र वा देशमा रहेको हुन्छ । - **Advising Bank:** Advising Bank भन्नाले Issuing बैंकसँग सम्बन्ध भएको बैंक जसले बिक्रेतालाई निजको पक्षमा प्रतीतपत्र जारी भएको सूचना दिने वा प्रतीतपत्र Advise गर्ने कार्य गर्दछ । आयातकर्ताको अनुरोधमा प्रतीतपत्र जारी गर्ने बैंकले सम्बन्धित निर्यातकर्ताको नाउमा प्रतीतपत्र जारी गर्दा सो सम्बन्धमा निर्यातकर्तालाई जानकारी दिन सहयोग लिइने बैंक नै Advising Bank हो जुन सामान्यतया Beneficiary को क्षेत्र वा देशमा रहेको हुन्छ । - **Confirming Bank:** Issuing Bank ले जारी गरेको प्रतीतपत्रमा अर्को कुनै बैंकले Confirmation Add गर्दछ वा Issuing Bank को अनुरोधमा प्रतीतपत्र Confirm गरी भुक्तानीको निमित्त थप प्रत्याभूति दिने अर्को बैंकलाई Confirming Bank भनिन्छ । Confirming Bank ले Confirmation Add गरेपछि उसले प्रतीतपत्र जारी गर्ने बैंककै सरह भुक्तानी दिने दायित्व स्वीकारेको हुन्छ । - **Negotiating Bank:** त्यो बैंक जसले बिक्रेताले पेश गरेको Document मा उल्लेख भएसम्म L/C को शर्तअनुसार भुक्तान गर्दछ साथै प्रतीतपत्र जारी गर्ने बैंकमा Document पठाउने कार्य गर्दछ । Negotiating Bank ले निर्यातकर्तालाई भुक्तानी दिंदा प्रतीतपत्रमा उल्लेख भएका शर्तहरू पुरा भएको एकिन गरी निर्यातकर्तालाई भुक्तानी गरी सकेपछि Reimbursement Claim गर्नुपर्दछ । - **Reimbursing Bank:** भुक्तानी दिने बैंक जोसँग प्रतीतपत्र जारी गर्ने बैंकको खाता Nostro Account रहेको हुन्छ र जस मार्फत प्रतीतपत्र जारी गर्ने बैंकको निर्देशन अनुसार Negotiating Bank वा Collecting Bank लाई भुक्तानी दिइन्छ भने त्यस्तो बैंकलाई Reimbursing Bank भनिन्छ । - **Nominated Bank:** Nominated Bank भन्नाले Issuing Bank ले चुनेको बैंक, जस्ले Document पेश गर्ने Beneficiary लाई भुक्तानी दिने, बिल अफ एक्सचेन्ज (ड्राफ्ट) स्वीकार गर्ने वा Credit Negotiate गर्ने गर्दछ । - **Remitting Bank:** यो Beneficiary ले कारोबार गर्ने बैंक हो जसले निर्यातकर्तालाई भुक्तानी पठाउनका लागि Draft, Shipment कागजातको आधारमा रकम रकमान्तर गर्दछ । - **Collecting Bank:** आयातकर्ता/क्रेतासँग रकम संकलन गरी Presenting Bank (जुन बैंकले Document पठाउछ) लाई भुक्तानी पठाउने बैंकलाई Collecting Bank भनिन्छ ।
- 9
Describe the operating procedure of a letter of credit transaction.
0 marksप्रतीतपत्र कारोबार संचालन प्रक्रिया
Model answer
Before opening an L/C, as before lending, the bank should analyse the customer fully and open it only against a cash margin plus acceptable collateral and required documents. Flow: sales contract; applicant requests issuance; issuing bank issues to nominated bank; nominated bank advises beneficiary; goods delivered; documents presented; nominated bank honours/negotiates; documents dispatched and funds claimed; issuing bank pays; applicant pays issuing bank; documents endorsed to applicant; goods cleared through customs. कर्जा प्रदान गर्नुअघि ग्राहकको सम्पूर्ण पक्षको विश्लेषण गरे जस्तै गरी प्रतीतपत्र खोल्नुअघि पनि ग्राहकको समग्र पक्षको विश्लेषण गर्नु जरुरत पर्दछ । ग्राहकसँग केही प्रतिशत नगद मार्जिनका अतिरिक्त बैंकलाई स्वीकार योग्य आवश्यक धितो तथा तोकिए बमोजिमका अन्य आवश्यक कागजातहरू लिएर मात्र प्रतीतपत्र खोल्नुपर्दछ । प्रतीतपत्र कारोबार संचालन प्रक्रियाको सम्बन्धमा तलको चार्टबाट स्पष्ट पार्न सकिन्छ । [चार्ट: Documentary Letter of Credit — 1) Sales contract (Beneficiary–Applicant), 2) Request for issuance (Applicant→Issuing Bank), 3) Issuance (Issuing Bank→Nominated Bank), 4) Advice of L/C (Nominated Bank→Beneficiary), 5) Delivery of goods (Beneficiary→Customs), (6) Presentation (Beneficiary→Nominated Bank), 7) Honour/Negotiate (Nominated Bank→Beneficiary), 8) Dispatch of documents (Nominated Bank→Issuing Bank), 8) Claim of funds, 9) Payment (Issuing Bank→Nominated Bank), (10) Payment (Applicant→Issuing Bank), (11) Endorsement (Issuing Bank→Applicant), 12) Clearance of goods (Applicant–Customs)]
- 10
Explain debit and credit cards.
0 marksDebit/Credit card
Model answer
Bank branches are networked, and customers can transact using plastic debit and credit cards (American Express, MasterCard, Visa, Discover, SCT, Diners Club, etc.). A debit (check) card lets the holder withdraw only the balance in the account. A credit card carries a limit the bank sanctions after assessing the customer; the used amount is repaid (often with over a month's grace) to restore the limit. Both work at merchants tied to the bank, carry the holder's name, photo, expiry, card and account numbers and signature; loss must be reported immediately and cards renewed on expiry. बैंकिङ कारोबारका लागि बैंकका प्रत्येक शाखाहरू इन्टरनेटका माध्यमबाट एक आपसमा जोडिएका छन् । यसले गर्दा कसैले पनि कुनैपनि शाखाबाट बैंकिङ कारोबार संचालन गर्न सकिने भएको छ । त्यसैगरी सामान्य एउटा प्लास्टिकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी ग्राहकहरूले आफ्नो कारोबार गर्न सक्ने व्यवस्था पनि विकास भएको छ । आजकल बैंकिङ बजारमा विभिन्न प्रकारका कार्डहरू पाइन्छन् जस्तै American Express, Master Card, Visa, Discover, Smart Choice Technologies (SCT) and Dinner Club आदि हुन् । त्यसैले वर्तमान समयमा खासगरी बैंकिङ कारोबारको कुनै प्रकारको सीमा छैन । यो त अत्यन्त खुला र व्यापक हुँदै ग्राहकको माग अनुसार सञ्चालन हुन्छ । आज ग्राहकले पसल पसलमा विभिन्न प्रकारका कार्डहरू प्रयोग गरेर पनि आफ्नो कारोबार गर्न सक्दछन् । यसरी प्रयोग हुने कार्डहरू खासगरी दुई प्रकारका पाइन्छन् । पहिलो Check Card अथवा Debit Card जसले ग्राहलाई खातामा भएको रकम भिक्नका लागि सुविधा उपलब्ध हुन्छ । खाताको ब्यालेन्स सकिए पछि रकम भिक्ने सुविधाबाट बञ्चित हुन्छ र रकम जम्मा गर्न आवश्यक हुन्छ । यो एउटा चेक जस्तै पनि हो । दोस्रो Credit Card जसमा बैंकले आफ्ना ग्राहलाई मूल्याङ्कन गरी हैसियत एकिन गरी एउटा सीमासम्म कर्जा स्वीकृत गर्दछ र सो सीमासम्म ग्राहकले सुविधा उपभोग गर्दछ । सीमा सकिए पछि रकम जम्मा गरी पुन: सीमा कायम गर्न सकिन्छ । उपभोग गरेको सीमा जम्मा गर्नका लागि बैंकले एक महिना भन्दा बढीको समय पनि दिएको हुन्छ । यी दुवै कार्डहरू बैंकको सम्झौता तथा सम्बन्ध भएको व्यापारिक केन्द्रहरूमा प्रयोग गर्न सकिन्छ । यी कार्डहरूमा बैंकले ग्राहकको नाम, फोटो, म्याद पुग्ने मिति, कार्ड नम्बर, खाता नम्बर, दस्तखत आदि राखेका हुन्छन् । यी कार्ड हराएमा तुरुन्त बैंकमा खबर गर्नु पर्दछ । जसले गर्दा भविष्यमा पर्न आउने समस्या रोकन सकिन्छ । म्याद पुगेपछि पुन: नविकरण गर्नु पर्दछ ।
- 11
Explain electronic transfer (remittance).
0 marksElectronic Transfer
Model answer
Electronic transfer is an electronically drawn instrument from one office/branch of a bank to another, payable on demand to the customer or their nominee; sending money from one place to another is remittance. Channels include drafts, fax, SWIFT, ABBS, online services and telegraphic transfer, within the bank's own network or another's. Telephone links are needed; with wide Internet use, online services, ABBS and SWIFT have reduced the use of telegraphic transfer. इलेक्ट्रोनिक ट्रान्सफर भनेको कुनै बैंक तथा वित्तीय संस्थाले आफ्नो एक शाखाबाट अर्को शाखाउपर कुनै ग्राहक वा निजले अराएका व्यक्तिले माग्नासाथ भुक्तानी पाउने गरी इलेक्ट्रोनिक माध्यमद्वारा एक कार्यालयबाट अर्को कार्यालयमा खिचेको विनिमय पत्र भन्ने बुझिन्छ । एकठाँउको रकम अर्को ठाँउमा पठाउने कामलाई विप्रेषणको रुपमा लिइन्छ । एक ठाँउको रकम अर्को ठाँउमा पठाउने विभिन्न बैंकिङ माध्यमहरू ड्राफ्ट, फ्याक्स, SWIFT, ABBS, Online Electronic Service जस्ते टेलिग्राफिक ट्रान्सफर पनि विप्रेषण एकठाउँबाट अर्को ठाँउमा पठाउने परम्परागत बैंकिङ सेवा हो । यसमा एक ठाँउको एउटा व्यक्ति वा संस्थाले अर्को ठाँउको अर्को व्यक्ति वा संस्थालाई बैंक तथा वित्तीय संस्थामार्फत सोही संस्थाको आफ्नो कार्य सञ्जाल भित्र वा अर्को कुनै बैंक तथा वित्तीय संस्थाको कार्यसञ्जाल भित्र सो कारोबार आदान प्रदान गर्ने गरिन्छ । यो सेवाका निमित्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा टेलिफोन सेवा अनिवार्य हुन्छ । हिजोआज बैंक तथा वित्तीय संस्थाहरूले Internet को व्यापक प्रयोग गर्दै गराउदै आफ्नो कार्यसञ्जाल भित्र वा बाहिरसमेत Online Eletronic Services, ABBS तथा SWIFT आदि सेवा दिन थालेकाले टेलिग्राफिक ट्रान्सफरको प्रयोग कम हुँदै आएको छ ।
- 12
Explain branchless banking (BLB) and the NRB provisions for it.
0 marksशाखारहित बैंकिङ (BLB- Branchless Banking)
Model answer
Branchless banking delivers banking services without a physical branch, through agents, mobile banking or electronic channels; it suits a geographically difficult country like Nepal and meets demand for fast service anywhere. BFIs need board-approved policy and NRB approval, and must sign agreements with customers. - Application to NRB must attach: technical infrastructure details; agent selection criteria, agreements and training; security and cash insurance at service points; security features of PSTN/cellular links; service area and linked branches; dispute resolution, liability and compensation provisions; AML/CFT arrangements. - Services via POT machines with smart/magnetic cards: cash deposit, payment and transfer; balance/statement; loan disbursement and instalment collection. - NRB conditions: start within 6 months or approval lapses (and inform NRB); only outside metropolitan/sub-metropolitan/municipal areas; written application from customers; transactions reflected promptly and kept confidential; NPR only; clear information in simple Nepali; transaction confirmation to customer; the BFI bears the risk; comply with law, AML/CFT and NRB directives. बैंक तथा वित्तीय संस्थाहरूको प्रत्यक्ष भौतिक शाखाको उपस्थिति बेगरनै ग्राहकहरूसँग सम्पर्क स्थापित हुने अन्य विभिन्न माध्यमहरू जस्तो एजेन्ट, मोबाइल बैंकिंग वा बिद्युतिय माध्यमबाट हुने अन्य प्रकारका कारोबारहरू मार्फत बैंकिङ सेवा सुविधा उपलब्ध गराउने गरी गरिने बैंकिङलाई शाखा रहित बैंकिङ भनिन्छ । नेपाल जस्तो भौगोलिक विकटता भएको मुलुकमा सबै स्थानमा बैंकको शाखाहरू स्थापना गर्न कठिन हुने तर सबै क्षेत्रमा बस्ने जनतासम्म बैंकिङ पहुँच स्थापित गर्ने प्रयोजनका लागि यस्तो बैंकिङ अति उपयोगी हुन गएको छ । अर्कोतर्फ पछिल्लो समयमा भएको प्रविधिगत विकास र आम जनतासम्म पुगेको सूचना प्रविधि सम्बन्धी सेवाले पनि जुनसुकै स्थानबाट सिघ्र सेवा दिन बढेको दबावका कारण यस्तो प्रणाली अवलम्बन गर्न अत्यावश्यक भएको छ । यसका लागि नियामक निकायले तोकेका शर्तहरूको अधिनमा रही शाखारहित बैंकिङ सञ्चालनको स्वीकृति लिनु आवश्यक हुन्छ । बैंक तथा वित्तीय संस्थाले शाखारहित बैंकिङ सेवा प्रदान गर्नु पूर्व आफ्ना ग्राहकसँग आवश्यक सम्झौता गर्नु पर्छ । शाखारहित बैंकिगको यस अवधारणालाई स्वीकार गरी नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई यस सम्बन्धी विशेष निर्देशन पनि जारी गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त कुनै बैंक तथा वित्तीय संस्थाहरूले शाखारहित बैंकिङ सेवा सन्चालन गर्ने भएमा संचालक समितिबाट सो सम्बन्धी नीतिगत तथा प्रक्रियागत व्यवस्था निर्धारण गरी राष्ट्र बैंकको स्वीकृति शाखा रहित बैंकिङ सेवा सन्चालन गर्न सक्ने व्यवस्था रहेको छ । यस्तो स्वीकृति लिनका लागि निम्नानुसारका कागजात संलग्न गरी राष्ट्र बैंकमा आवेदन गर्नु पर्दछ : - (क) प्राविधिक पूर्वाधार (Hardware, Software, Data Communication/Transmission Mechanism) सम्बन्धी विवरण, - (ख) प्रतिनिधिमार्फत सन्चालन गर्ने भएमा त्यस्तो प्रतिनिधि छनौटका आधारहरू, छनौट गरिएको प्रतिनिधिसंग हुने सम्झौतापत्र तथा उक्त प्रतिनिधिलाई दिइने तालिम आदि सम्बन्धी भएको व्यवस्था, - (ग) शाखारहित बैंकिङ सेवा सन्चालन गर्ने स्थानको सुरक्षा र नगदको बीमा सम्बन्धमा भएका व्यवस्थाहरू, - (घ) विद्यमान संचार साधन (PSTN, Cellular Communications) को Industry Standard Security Features, - (ङ) शाखारहित बैंकिङ सेवा सन्चालनको कार्यक्षेत्र र सम्बन्धित शाखाहरूको विवरण, - (च) भुक्तानी सम्बन्धी उत्पन्न विवाद समाधान गर्ने सम्बन्धी प्रावधान, जिम्मेवारी तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्थाहरू, र - (छ) सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रणको लागि अपनाइने व्यवस्थाहरू । राष्ट्र बैंकबाट इजाजत लिएका बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा खाता भएका ग्राहकहरूलाई आफू वा आफूद्वारा नियुक्त व्यवसायिक अधिकारिक प्रतिनिधि (एजेन्ट) को सहायताले Point of Transaction मेशीनको माध्यमबाट Smart Card/Magnetic Card प्रयोग गरी देहाय बमोजिमका शाखारहित बैंकिङ सेवाहरू प्रदान गर्न सक्छन्:- - (क) खातामा नगद जम्मा गर्ने, भुक्तानी प्रदान गर्ने र रकमान्तर गर्ने । - (ख) ग्राहकको खाताको मौज्दात वा कारोबार विवरण (स्टेटमेन्ट) प्रदान गर्ने । - (ग) स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्ने । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवा सन्चालनको स्वीकृति प्रदान गर्दा देहायका शर्तहरू तोक्न सक्ने व्यवस्था रहेको छ:- - (क) शाखारहित बैंकिङ सेवा सन्चालनको स्वीकृति प्राप्त गरेका मितिले ६ महिनाभित्र तोकिए बमोजिमको सेवा सन्चालन गरिसक्नु पर्ने । यस्तो कारोबार सन्चालन गरेपछि सोको जानकारी राष्ट्र बैंकलाई दिनु पर्ने । कथंकदाचित तोकिएको समयावधिभित्र त्यस्तो सेवा सन्चालन गर्न नसकेमा स्वीकृति स्वत: रद्द हुने । - (ख) महानगरपालिका/उप-महानगरपालिका/नगरपालिका बाहेकका क्षेत्रहरूमा मात्र यस्तो सेवा सन्चालन गर्न स्वीकृति दिइने । - (ग) शाखारहित बैंकिङ सेवा उपभोग गर्न इच्छुक ग्राहकसँग बैंक तथा वित्तीय संस्थाले लिखित आवेदन लिनु पर्ने । - (घ) ग्राहकले गरेको प्रत्येक कारोबारको असर यथाशीघ्र ग्राहकको खातामा देखिने गरी अभिलेख सुरक्षित गरी राख्ने र कारोबारको गोप्यता कायम हुने व्यवस्था गर्नु पर्ने । - (ङ) शाखारहित बैंकिङ सेवा सम्बन्धी कारोबार नेपाली रुपैयामा मात्र गर्नु पर्ने । - (च) ग्राहकलाई स्पष्ट र सरल नेपाली भाषामा सेवा सम्बन्धी आवश्यक जानकारी प्रदान गर्ने व्यवस्था गर्नु पर्ने । - (छ) कारोबार सम्पन्न गरेपछि ग्राहकले स्पष्ट बुझ्ने गरी सो को जानकारी प्रदान गर्ने व्यवस्था मिलाउनु पर्ने । - (ज) यस्तो कारोबार सम्बन्धी जोखिमको व्यवस्थापन गर्ने दायित्व सम्बन्धित बैंक तथा वित्तीय संस्थाको हुने । - (झ) प्रचलित कानुन, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण तथा राष्ट्र बैंकबाट जारी निर्देशनको अधिनमा रही शाखारहित बैंकिङ सेवा सन्चालन गर्नु पर्ने ।
- 13
Explain ABBS and mobile banking, including NRB directives on mobile banking.
0 marksABBS, Mobile Banking
Model answer
Customers can now transact through digital channels: telephone/mobile access to account information, payment orders and other services, even without human presence, using a password. NRB mobile banking directive: (1) with NRB approval, BFIs may offer balance enquiry, third-party transfers, SMS alerts, statements, cheque-book requests and merchant payments under customer agreement/orders; (2) board-approved policy and procedures are required first; (3) BFIs already offering it must obtain approval within three months; (4) set transaction limits based on risk and inform NRB; (5) through authorised business agents they may offer cash deposit/withdrawal via mobile, recorded in real time in the customer account, with the BFI bearing ultimate risk and a policy on distance between agent locations. कुनैपनि ग्राहकले आफ्नो बैंकिङ कारोबारका लागि विभिन्न digital माध्यमबाट पनि कारोबार गर्न सक्ने सुविधाको विकास भएको छ । आफ्नो साथमा भएको टेलिफोन तथा mobile or cell phone बाट बैंकमा सम्पर्क गरी बैंकिङ कारोबारको बारेमा जानकारी लिने तथा भुक्तानी आदेश तथा अन्य यस्तै प्रकारका सुविधाहरू उपयोग गर्न सक्ने व्यवस्था छ । त्यसैले virtual communication प्रणालीबाट पनि बैंकिङ कारोबार गर्न सकिने व्यवस्था हालको आधुनिक बैंकिङ प्रणालीमा पाइन्छ । आज बिना मानवीय उपस्थिति पनि बैंकिङ कारोबारहरू संचालन भएको पर्याप्त उदाहरणहरू पाइन्छ । यसको लागि सामान्य password र उपलब्ध प्रविधिक साधनहरूबाट पनि कारोबार गर्न सकिने व्यवस्था भएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङका सम्बन्धमा निम्नानुसारको निर्देशन बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको छ । - (१) इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले यस बैंकको स्वीकृति लिई आफ्ना ग्राहकहरूलाई तोकिएका शर्तहरूको अधिनमा रहने गरी देहाय बमोजिमका मोवाईल बैंकिङ सेवा प्रदान गर्न सक्नेछन्:- - (क) ग्राहकको खातामा रहेको मौज्दातको जानकारी प्रदान गर्ने । - (ख) ग्राहकको आदेश बमोजिम तेस्रो पक्षको खातामा रकमान्तर गर्ने । - (ग) कारोबार सम्पन्न भएपछि एसएमएस मार्फत सतर्कता सन्देश (SMS Alert) प्रदान गर्ने । - (घ) ग्राहकको खाताको कारोबार विवरण (स्टेटमेन्ट) प्रदान गर्ने । - (ङ) चेक बुकको निमित्त अनुरोध स्वीकार गर्ने । - (च) ग्राहकसंग भएको लिखित सम्झौता वा ग्राहकको आदेश अनुसार वस्तु खरीद वा सेवा उपभोग गरे वापतको रकम भुक्तानी गर्ने । - (२) बैंक तथा वित्तीय संस्थाले मोवाईल बैंकिङ कारोबार सन्चालन गर्नु पूर्व संचालक समितिबाट यस सम्बन्धी नीतिगत व्यवस्था पारित गरी प्रकृयागत व्यवस्था समेत गरेको हुनु पर्नेछ । - (३) यो निर्देशन जारी हुनु अघि नै यस सम्बन्धी कारोबार संचालन गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूले यो निर्देशन जारी भएको तीन महिना भित्र यस निर्देशन बमोजिमको स्वीकृति लिनु पर्नेछ । - (४) बैंक तथा वित्तीय संस्थाले कारोबारमा निहित जोखिमको मूल्याङ्कन गरी कारोबारको सीमा निर्धारण गर्नु पर्ने छ र सोको जानकारी यस बैंकलाई दिनु पर्ने छ । - (५) आधिकारिक प्रतिनिधि मार्फत हुने सेवाको सम्बन्धमा: - (क) बैंक तथा वित्तीय संस्थाले नियुक्त गरेको व्यवसायिक आधिकारिक प्रतिनिधिमार्फत आफ्ना ग्राहकहरूको लागि मोबाईल फोनको माध्यमबाट नगद जम्मा तथा भुक्तानीको सेवा प्रदान गर्न सक्ने छन् । - (ख) खण्ड (क) बमोजिम हुने कारोबारको अभिलेख कारोबार सम्पन्न हुने बित्तिकै (Real Time effect) का आधारमा बैंक तथा वित्तीय संस्थामा रहेको सम्बन्धित ग्राहकको खातामा प्रविष्ट हुने व्यवस्था गरेको हुनु पर्ने छ । - (ग) व्यवसायिक आधिकारिक प्रतिनिधि मार्फत सेवा प्रदान गर्दा उत्पन्न हुन सक्ने सम्पूर्ण जोखिमको अन्तिम दायित्व सम्बन्धित बैंक तथा वित्तीय संस्थाकोहुनेछ । - (घ) बैंक तथा वित्तीय संस्थाले प्रतिनिधि मार्फत सेवा सन्चालन गर्ने स्थानहरूको आपसी दुरी कायम राख्ने सम्बन्धी नीतिगत व्यवस्था समेत पारित गरेको हुनुपर्ने छ ।
- 14
(12) Shares, Debentures and Bonds: explain securities and the securities market.
0 marks(१२) शेयर, डिबेञ्चर र ऋणपत्र (Shares, Debentures and Bonds)
Model answer
Securities are shares, debentures, units of investment (trust) schemes, mutual fund certificates or transferable deposit certificates issued by corporate bodies. Issuers raise long-term capital; investors gain ownership or returns (dividend, capital gain, interest), so both benefit. The securities market has a primary market (new/additional issues raising fresh capital) and a secondary market (trading of already-issued shares, giving them price and liquidity). कुनै संगठित संस्थाले निष्कासन गरेको सेयर, डिबेञ्चर तथा लगानी कोष (ट्रष्ट) योजनाअन्तर्गत जारी हुने एकांक (युनिट) वा समूहगत (म्युचुअल) बचत कार्यक्रमसम्बन्धी प्रमाणपत्र वा स्थानान्तरणयोग्य निक्षेप प्रमाणपत्रलाई धितोपत्र भनिन्छ । सर्वसाधारण लगानीकर्ताहरूसमक्ष धितोपत्र निष्कासन तथा बिक्री गरी संगठित संस्थाहरूले आफूलाई आवश्यक परेको दीर्घकालीन पुँजी प्राप्त गर्न सक्छन् भने लगानीकर्ताहरूले यसरी निष्कासन गरिएका धितोपत्रहरू खरिद गरी संगठित संस्थाको स्वामित्व वा लाभ लाभांश, पुँजीगत लाभ, ब्याज आदि) प्राप्त गर्ने अवसर प्राप्त गर्दछन् । यस प्रकार धितोपत्र औजारको प्रयोगबाट पुँजी प्रयोगकर्ता (संगठित संस्था) र पुँजी प्रदानकर्ता (लगानीकर्ता) दुवै लाभान्वित हुनसक्छन् । धितोपत्रहरू खरिद/बिक्री हुने बजारलाई धितोपत्र बजार भनिन्छ । यस बजारअन्तर्गत प्राथमिक बजार र दोस्रो बजार पर्दछन् । प्राथमिक बजारमा संगठित संस्थाहरूले नयाँ धितोपत्रहरू (new/additional securities) निष्कासन र बिक्री गरी लगानीकर्ताहरूबाट थप पुँजी प्राप्त गर्दछन् भने दोस्रो बजारमा संगठित संस्थाले एकपटक बिक्री गरिसकेको तथा लगानीकर्ताहरूको स्वामित्वमा आएको सेयरहरूको खरिदबिक्री भई त्यस्तो सेयर पुँजीको मूल्य र तरलता प्राप्त गर्दछन् ।
- 15
Explain ordinary (common) shares.
0 marksशेयर — साधारण शेयर (Ordinary or common share)
Model answer
Ordinary shares receive dividend from profit remaining after the fixed preference dividend. Holders own the company in proportion to their investment and bear the most risk. The dividend rate is not fixed and payment is not compulsory, varying with profit; the company may also give bonus shares as dividend. कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरवालाहरूलाई तोकिएको दरमा लाभांश वितरण गरसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण सेयर भनिन्छ । साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई आफ्नो लगानीको मात्राअनुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरूलाई कम्पनीको स्वामी (Owner) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण सेयरवालाहरूले बढी जोखिम उठाउनुपर्दछ । साधारण सेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन र कम्पनीले आर्जन गर्ने नाफाको घटबढअनुसार यो पनि घटीबढी हुनसक्छ । अर्कोतर्फ कम्पनीले नाफा आर्जन गर्दैमा साधारण सेयरवालाहरूलाई लाभांश प्राप्त हुन्छ भन्ने हुँदैन अर्थात् साधारण सेयरमा लाभांश दिनैपर्ने बाध्यात्मक अवस्था हुँदैन, तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उतिनै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ । साथै लाभांशको रुपमा कम्पनीले साधारण सेयरवालाहरूलाई बोनस सेयर पनि वितरण गर्न सक्छ ।
- 16
Explain preference shares.
0 marksअग्राधिकार सेयर (Preference Share)
Model answer
Preference shares carry a fixed-rate dividend with priority over ordinary shareholders, and priority on capital and accumulated dividend in liquidation, so they are lower-risk and lower-return: no dividend in a loss year and never more than the fixed rate. Holders vote at the AGM only on matters affecting their rights. They are hybrid securities with features of both ordinary shares and debentures. कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार सेयर भनिएको हो । यसै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार सेयरवालाहरूको अग्राधिकार हुन्छ । यसै कारण अग्राधिकार सेयरमा गरिने लगानीलाई तुलनात्मकरूपमा कम जोखिमपूर्ण मानिएको छ, तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार सेयरवालाहरूले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरे तापनि अग्राधिकार सेयरवालाहरूले तोकिएको दरमा भन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार सेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । अग्राधिकार सेयरवालाहरूले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारणभामा भाग लिन पाउँदैनन् । अग्राधिकार सेयरलाई मिश्रित प्रकृतिको धितोपत्र (Hybrid security) को रूपमा लिइन्छ, किनभने यसमा साधारण सेयर तथा डिबेञ्चर दुवैको विशेषता पाइन्छ ।
- 17
Explain rights shares.
0 marksहकप्रद सेयर (Rights Share)
Model answer
When a company that has already issued ordinary shares to the public issues more, existing shareholders have the first right to buy them in proportion to their holdings; these are rights shares, and holders are free to take them up or not. विगतमा सर्वसाधारणमा साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले भविष्यमा पुन: साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निष्कासन गरिने सेयरहरू खरिद गर्ने पहिलो हक विद्यमान सेयरवालाहरूलाई प्राप्त हुन्छ । यस प्रकार पुन: निष्कासन गरिने सेयरमा विद्यमान सेयरवालाहरूको पहिलो हक हुने भएकाले त्यस्तो सेयरलाई हकप्रद सेयर भनिन्छ । हकप्रद सेयर खरिद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान सेयरवालाहरू स्वतन्त्र हुन्छन् । विद्यमान सेयरवालाहरूले आफूले पहिले खरिद गरेको सेयरको अनुपातमा हकप्रद सेयर खरिद गर्ने अधिकार प्राप्त गर्दछन् ।
- 18
Explain dividend and bonus shares.
0 marksलाभांश/बोनस सेयर (Dividend/Bonus Share)
Model answer
Dividend is the return paid to shareholders from profit: cash dividend if paid in cash, bonus share/stock dividend if paid in shares (capitalising reserves and raising paid-up capital). The board decides the amount; dividend declared at the AGM should normally reach shareholders within 45 days. कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरूलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने सेयरमा दिएमा बोनस सेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गर्नका लागि विद्यमान सेयरवालाहरूलाई यस प्रकार थप सेयर (बोनस सेयर) प्रदान गरिन्छ वा चुक्ता पुँजी वृद्धि गरिदिइन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ । कम्पनीद्वारा वार्षिक साधारणसभामार्फत घोषित लाभांश सामान्यत: घोषणा भएको ४५ दिनभित्र सेयरवालाहरूलाई प्राप्त भइसक्नुपर्ने व्यवस्था रहेको छ ।
- 19
Explain blue chip shares.
0 marksब्लु चिप सेयर (Blue Chip Share)
Model answer
Shares of well-managed companies that have long earned profits, paid dividends, stayed accountable and won investor trust; they usually trade at high prices with moderate dividends. सङ्गठित संस्थाको कुशल व्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरूलाई लाभांश प्रदान गर्दै आउनुका साथै लगानीकर्ताहरूप्रतिको जवाफदेहीताप्रति सजग हुँदै लगानीकर्ताको विश्वाससमेत जित्न सफल हुने संस्थाको सेयरलाई ब्लु चिप (Blue Chip Share) सेयर भनिन्छ । यस प्रकारका सेयरहरूको प्राय: बढी मूल्य कायम भइरहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भइरहेको हुन्छ ।
- 20
Explain debentures.
0 marksडिबेन्चर (Debenture)
Model answer
A debenture is a security issued on condition of repaying principal and interest at a fixed rate and time, usually with face value Rs 1,000. Holders get annual or semi-annual interest before any dividend, even if the company makes a loss; the relationship is creditor-debtor, and on default holders can move to liquidate the company. Risk-averse investors prefer them; holders have no AGM participation or voting rights. तोकिएको दर र समयमा सावा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिबेन्चर भनिन्छ । यसको अंकित मूल्य साधारणत: रु. १००० हुन्छ । डिबेन्चरवालाहरूले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिकरूपमा ब्याज प्राप्त गर्दछन् । साधारण सेयर र अग्राधिकार सेयरमा लाभांश दिनुअघि नै डिबेञ्चरवालाहरूले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा भए पनि डिबेञ्चरवालाहरूले तोकिएको ब्याज प्राप्त गर्न कुनै बाधा पर्दैन । डिबेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहू र ऋणीको जस्तो हुन्छ । कथंकदाचित कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिबेञ्चरवालाहरूले कम्पनी खारेजीमा पठाउन कारबाही चलाउन सक्छन् । डिबेञ्चरमा प्राय: जोखिम लिन नचाहने लगानीकर्ताहरू (Risk averter) लगानी गर्न रुचाउँदछन् । डिबेञ्चरवालाहरूलाई कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुने अवसर र मतदान अधिकार (Voting Right) प्राप्त हुँदैन ।
- 21
Explain bonds, their main elements/features and types.
0 marksबन्ड (Bonds)
Model answer
A bond is a debt instrument issued by a corporate body or government to fund a project, improve operations or restructure debt. The issue states purpose, purchase limits, interest rate and maturity; face/par value is set in units such as 100, 500, 1,000 or 10,000. The holder owns the bond and receives periodic interest at a normally fixed rate. Bonds trade on exchanges or over the counter; market price depends on issuer strength, tenor, rates and economy, moving inversely with interest rates. - Elements: face value; coupon rate; coupon dates; maturity date (face value repaid); issue price. - Coupon rate is driven by credit quality and duration; weak ratings or very long tenors may see rate changes, and long bonds carry higher rates for lower liquidity. - Types: zero-coupon (no periodic interest, bought below face value, paid in full at maturity); convertible (convertible into equity when share price makes it attractive); callable (issuer may redeem, usually after a big fall in rates). बन्ड लगानी जुटाउने विभिन्न प्रकारका वित्तीय औजारहरूमध्ये एक हो । यो धितोपत्र एवं नगद जस्तै सम्पत्ति जुटाउने साधन हो । बन्ड संगठित संस्था वा सरकार जस्ता संयन्त्रले निश्चित आयोजना वा गतिविधिका लागि लगानी गर्न जारी गर्ने एक किसिमको शाखपत्र हो । जब कुनै संस्था, कम्पनी वा निकायलाई नयाँ आयोजना सन्चालनमा लगानी गर्न, सन्चालनमा रहेकालाई प्रभावकारी बनाउन वा साविकको लगानी वा ऋणको पुनर्संरचना गर्न आवश्यक हुन्छ, त्यस्तो बेला लगानीकर्ताले बन्ड जारी गर्दछन् । यस्तो बन्डमा जारी गर्नु पर्नाको कारण, खरिदकर्ताले बन्ड खरिद गर्न सक्ने सीमा वा लगानीको मात्रा, ब्याजदर निर्धारण तथा परिपक्व हुने अवधि जस्ता कुराहरू खोलिएको हुनुपर्दछ । सामान्यतया बन्ड जारी गर्दा यसको Face value वा Par value पूँजी संरचना अनुसार १००, ५००, १००० वा १०००० जस्ता इकाइमा उल्लेख गरिन्छ । बन्डको स्वामीत्व खरिदकर्ताको हुन्छ । यसमा बन्ड जारी गर्नेले बन्ड खरिदकर्तालाई आवधिक रुपमा (मासिक, त्रैमासिक, चौमासिक, अर्धवार्षिक वा वार्षिक) ब्याज भुक्तानी गर्ने र त्यस्तो ब्याजको दर सामान्यतया परिवर्तन नहुने सुनिश्चित गरिएको हुन्छ । बन्डको धितोपत्र बजारमा वा बिक्रीकर्ताको काउन्टरमा पनि खरिद बिक्री हुन सक्छ । यसको वास्तविक बजार मूल्य जारीकर्ताको वित्तीय सक्षमता, समयावधि, ब्याजदर तथा तात्कालिन आर्थिक अवस्था अनुसार फरक हुन्छ । सामान्यतया बन्डको बजार मूल्य ब्याजदरको विपरित घट्ने वा बढ्ने हुन्छ । **बन्डको मुख्य तत्व र विशेषता :** - **Face Balue :** बन्डको अंकित रकम वा मूल्य जुन परिपक्व हुने अवधिसम्मको लागि तय भएको हुन्छ । - **Coupon rate :** जारीकर्ताले खरिदकर्तालाई दिने ब्याजदर (प्रतिशतमा) । सामान्यत: ब्याजदर परिवर्तन हुँदैन । - **Coupon date :** जारीकर्ताले खरिदकर्तालाई ब्याज भुक्तानी गर्ने समयतालिका । - **Maturity date :** बन्ड परिपक्व हुने मिति जुन पुरा भएपछि जारीकर्ताले खरिदकर्तालाई पूरै face value फिर्ता गर्दछ । - **Issue Price :** जारीकर्ताले बिक्रीका समयमा बन्ड बिक्रीका लागि निर्धारित मूल्य । बन्डको ब्याजदर (coupon rate) निर्धारणमा दुइवटा मुख्य तत्वहरू credit quality र duration ले प्रभाव पार्दछ । बन्डको ब्याजदरमा सामान्यतया परिवर्तन नहुने भएतापनि जारीकर्ताको क्रेडिट रेटिङ कमजोर भएको अवस्थामा, निर्धारित मूल्य फिर्ता गर्ने सम्भवना कमजोर भएको अवस्थामा वा धेरै लामो अवधिको बन्डमा ब्याजदर परिवर्तन हुने सम्भावना रहन्छ । लामो अवधिको बन्डको तरलता सम्भावना कम मात्रै हुने भएकोले यसमा उच्च ब्याजदरको व्यवस्था गरिएको हुन्छ । **बन्डका प्रकार** - **Zero-coupon bond :** बन्डको परिपक्व अवधि पूरा भएपछि एकैचोटी अंकित मूल्य पूरै भुक्तानी हुने गरी जारी हुने बन्ड जसको लागि आवधिक ब्याज दिइदैन तर खरिद मूल्य भन्दा अंकित मूल्य बढी भई परिक्व अवधि पूरा हुँदासम्म अंकित मूल्य कायम हुन जान्छ । वर्तमान समयमा अधिकांश बन्डहरू यस प्रकारका जारी हुन्छन् जसलाई दर्गाभित दयलमक पनि भनिन्छ । - **Convertible bond :** जारीकर्ताको शेयरको मूल्य बन्डको फेस भेल्यू लाई शेयरमा रुपान्तरण गर्न सक्ने वा शेयरमा परिणत गर्न आकर्षण गर्न सक्ने अवस्थामा पुगेको कुनै समय वा कारोवारको कुनै बिन्दुमा स्टक वा इक्वीटीमा परिवर्तन गर्न सक्ने प्रकारको बन्ड । - **Callable bond :** जारीकर्ताले फिर्ता लिनसक्ने बन्ड । सामान्यतया ब्याजदरमा अनपेक्षित वा ठूलो मात्रामा गिरावट आएमा बन्ड फिर्ता लिइन्छ ।
- 22
(13) Describe the functions, duties and powers of commercial banks.
0 marks(१३) बाणिज्य बैंकको काम कर्तब्य र अधिकार (Functions of Commercial Banks)
Model answer
Banks and financial institutions perform key economic, monetary and business functions: 1. Accept deposits (current, saving, fixed) and mobilise them as loans. 2. Grant short- and long-term loans against gold, valuables, goods, real estate, shares etc., stating fees, rate, repayment schedule and default terms. 3. Transfer funds domestically and abroad (drafts, TT, online, any-branch service, cards, travellers' cheques). 4. Act as agents: custody and transfer of shares/debentures, collecting interest/dividends, guarantees, loan brokering, consortium lending. 5. Foreign exchange: foreign currency accounts, exchange and holding under central bank licence. 6. Capital management: help issue shares/debentures, give guarantees for commission. 7. Letters of credit, bank orders/drafts, travellers' cheques for foreign trade. 8. Development work: advising entrepreneurs, building capital markets, supporting industrial planning and policy. 9. Support monetary transactions: substitutes for cash aid monetisation, production and changes in consumption. 10. Intermediation between savers and investors. 11. Financial advice. 12. Risk reduction via insurance, security, refinancing. 13. Create investment opportunities in shares, debentures etc. 14. Creation of assets and liabilities (text continues in the next part). बैंक तथा वित्तीय संस्थाहरूले देशको आर्थिक, मौद्रिक र व्यवसायिक क्षेत्रमा विभिन्न कार्यहरू सम्पादन गर्दै आएका छन् । यी संस्थाहरूले देशको अर्थतन्त्र सन्चालन र मौद्रिक प्रणालीको विकासका लागि आफ्नो क्षेत्रबाट महत्वपूर्ण योगदान गरि आएका छन् । यस्ता संस्थाहरूले सम्पादन गर्ने कार्यहरू निम्नानुसार प्रस्तुत गरिएको छ: १. **जम्मा वा निक्षेप स्वीकार गर्ने:** बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख कार्यको रुपमा निक्षेप स्वीकार गर्नु र स्वीकार गरेको निक्षेपलाई कर्जाका रुपमा परिचालन गर्नु हो । बैंकले व्यक्ति वा संस्थासँग छरिएर रहेका अनुत्पादक वा बचत रकमलाई एकत्रित गरी विभिन्न प्रकारका खातामा जम्मा स्वीकार गरेर सुरक्षित तवरले राख्ने गर्दछ । सामान्यतया निक्षेप कारोबारको लागि बैंकहरूले चल्ति, बचत र मुद्दति खाता खोली निक्षेप कारोबार गर्दछन् । चल्ती खातामा निक्षेपकर्ताले मागेको बखत जहिले पनि भिक्न पाउने गरी रकम निक्षेप गर्ने र यस खातामा रकम जम्मा गर्न र भिक्न कुनै प्रकारको बन्देज हुँदैन । यस्तै निश्चित समयमा निश्चित रकममात्र भिक्न पाउने गरी रकम निक्षेप गर्ने र मौज्दात रकममा केही ब्याज समेत दिने गरी बचत खाता सञ्चालन गर्ने हुन्छ । बचत खाता सञ्चालनार्थ बैंकहरूपिच्छे फरक नियम वा सर्तहरू हुन सक्दछन् । मुद्दति खाता निश्चित समयपछि मात्र रकम भिक्न पाउने र निश्चित प्रतिशत ब्याज दिने गरी अवधि तोकेर मात्र रकम जम्मा गर्ने प्रकारको हुन्छ । मुद्दति खाता सञ्चालनका लागि पनि बैंकहरूपिच्छे फरक फरक नियमहरू हुन सक्दछन् । २. **ऋण प्रदान गर्नु:** बैंकको अर्को प्रमुख कार्य ऋण प्रदान गर्नु हो । बैंक तथा वित्तीय संस्थाहरूले तुलनात्मक रुपमा उच्च ब्याज प्रदान गरी सानोतिनो निक्षेपलाई स्वीकार गरी उपयुक्त कोष बनाउछन् । यसरी संकलन गरेको पूँजीलाई विभिन्न व्यक्ति तथा संस्थाहरूलाई कर्जाको रुपमा परिचालन गर्दछन् । बैंकले सुन, चाँदी, हिरा जवाहरात जस्ता बहुमूल्य सामान, अन्य जिन्सी मालसामान, घरजग्गा, सम्बन्धित अधिकारपत्र वा कम्पनीको सेयर र विनियमपत्र आदिलाई सुरक्षणको रुपमा लिई सञ्चालक स्वीकृत कार्यविधि पूरा गरेर सर्तअनुसारको अवधि ननाघ्ने गरी अल्पकालीन तथा दीर्घकालीन ऋण प्रदान गर्दछन् । ऋण प्रदान गर्दा सेवा शुल्क, ब्याजदर, ऋण फिर्ता तालिका, फिर्ता नगरेमा हुने कारवाहीको सर्त आदि खुलाउने गरिन्छ जुन बैंक अनुसार फरक हुन सक्छ । ३. **रकम स्थानान्तरण:** बैंकहरूले स्वदेशभित्रै वा विदेशमा एक स्थानबाट अर्को स्थानमा विभिन्न तरिकाबाट रकम पठाउने कार्य गर्दछन् । रकम स्थानान्तरणका लागि ड्राफ्ट, टेलिग्राफिक ट्रान्सफर, अनलाईन सफ्टवेयर, एनी ब्रान्च सर्भिस, क्रेडिट कार्ड, ट्राभल चेक आदि माध्यमहरू अवलम्बन गर्ने गरिन्छ । ४. **एजेन्टको काम गर्ने:** बैंकहरूले ग्राहकहरूको कमिसन एजेन्ट भएर सेयर, ऋणपत्र, बहुमूल्य सम्पत्ति आदिको जिम्मा लिने, दाखिल खारेज गराउने, खरिद बिक्री गर्ने, सेयर वा ऋणपत्रको ब्याज मुनाफा बुझ्ने र बुझाउने जस्ता एजेन्सी सम्बन्धी कारोबारहरू समेत गर्दछन् । यसरी आफ्ना ग्राहकका लागि जमानी बस्ने तथा कर्जा दलालको रुपमा कार्य गर्ने, अन्य संस्थाहरूसँग मिलि सहवित्तीयकरणको आधारमा कर्जा कारोबार गर्ने जस्ता कार्य पनि बैंक तथा वित्तिय संस्थाको महत्वपूर्ण काम हो । ५. **वैदेशिक विनिमय:** केन्द्रीय बैंकद्वारा इजाजत प्राप्त गरेर उक्त बैंकले निर्धारण गरेको सर्तमा रही विदेशी मुद्रामा खाता खोल्ने, मुद्रा विनिमय गर्ने तथा सञ्चय गर्ने जस्ता कार्य पनि वाणिज्य बैंकहरूको प्रमुख कार्य हो । ६. **पूँजी व्यवस्थापन सम्बन्धी कार्यहरू गर्ने:** बैंकहरूले अन्य कम्पनी, व्यवसाय वा अरु संस्थाहरूको अनुरोधमा सेयर तथा ऋणपत्रहरूको निष्कासनमा मद्दत गर्ने, ग्यारेन्टी दिनेजस्ता एजेन्सी व्यवसायसम्बन्धी काम गर्दछन् जसबाट उनिहरूले निश्चित रकम कमिशन प्राप्त गर्दछन् । यस कार्यमा बैंकहरूको ग्राहकसम्मको सहज पहुँच तथा सम्पर्कले मद्दत गरिरहेको हुन्छ । ७. **प्रतीतपत्र सम्बन्धी कार्य:** वैदेशिक व्यापारमा संलग्न व्यावसायीहरूको कारोबार सहज गराउनका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रतीतपत्र खोल्ने, बैंक आदेश वा ड्राफ्ट तयार गर्ने, ट्राभलर्स चेक निष्कासन गर्ने तथा स्वीकार गर्ने जस्ता कार्यहरू पनि गर्दछन् । ८. **विकाससम्बन्धी काम:** बैंकहरूले विकासका पूर्वाधारका लागि आवश्यक पर्ने नयाँ उद्योगहरूको स्थापना गर्न बजार विश्लेषण, वित्तीय र प्रबन्धकीय व्यवस्था जस्ता पक्षमा अध्ययन गरी उद्यमीहरूलाई सुझाव दिने तथा पूँजी संकलनका लागि बजारको निर्माण समेत गरेर सहयोग गर्न सक्दछन् । यस क्रममा औद्योगिक संस्थाहरूको व्यवस्थापन, योजना निर्माण, नीति निर्माण आदिमा प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग पुऱ्याउन पनि बैंक संलग्न हुन सक्दछन् । ९. **मौद्रिक कारोबारमा सहयोग गर्ने:** बैंक तथा वित्तीय संस्थाहरूले जमानीका माध्यमबाट नगदनै आवश्यक पर्ने अवस्थामा पनि नगद बेगरनै कार्य सम्पादन गर्ने गर्दछन् । नगद तरलताको सट्टा अन्य उपकरण परिचालन गर्दा नगद तरलताको अन्य क्षेत्रमा प्रयोग हुन सक्ने भएकोले अन्य व्यवसायिक कारोबारबाट अर्थतन्त्रमा मौद्रिकीकरणमा मद्दत पुग्दछ । यसबाट राष्ट्रिय उत्पादन र उत्पादकत्व अभिवृद्धि गराउन समेत मद्दत पुग्दछ । यस्तै कर्जाको माध्यमबाट मानिसको उपभोग प्रणालीमा समेत परिवर्तन गरी उत्पादन तथा मौद्रिक बजारको क्षेत्रलाई बढाउन बैंक तथा वित्तीय संस्थाहरूको महत्वपूर्ण भूमिका रहन्छन् । १०. **मध्यस्थकर्ताको कार्य:** बैंक तथा वित्तीय संस्थाहरूले बचतकर्ताहरू र लगानीकर्ता बीचमा रहेर कार्य गर्दछन् । लगानी गर्न अपर्याप्त सानो तिनो बचत संकलन गर्ने र सूक्ष्म लगानीबाट खासै व्यवसायिक सहयोग नहुने कारण बचतकर्तालाई उपयुक्त विश्वासमा लिई उनीहरूको साथमा भएको बचतलाई पूँजीको स्वरुपमा रुपान्तरण गरी लगानीकर्ता मार्फत परिचालन पनि गर्दछन् । बैंकिङ सेवा आवश्यक परेको बखतमा ग्राहकहरूका लागि विभिन्न प्रकारको मध्यस्थ सेवा प्रवाह गर्ने कार्यमा यस्ता संस्थाहरू संलग्न रहदै आएका छन् । ११. **वित्तीय सल्लाह प्रदान गर्ने:** बैंक तथा वित्तीय संस्थाहरू वित्तीय क्षेत्रमा संलगन हुने यिनीहरूसँग वित्तीय बजारको विषयमा पर्याप्त ज्ञान, सीप र अभ्यास हुन्छ । यी संस्थाहरूले आफ्नो बचत तथा पूँजी लगानी गर्नका लागि विशिष्ट प्रकारका विश्लेषण गर्ने भएकोले कसैले यिनीहरूको विशिष्टताको उपयोग गर्न चाहेमा गर्न सक्ने तथा आफ्नो यस्तो सल्लाहको आधारमा व्यवसाय सञ्चालन गर्दा उपयुक्त प्रतिफल पाउने सम्भावना बढी रहन्छ । लगानीका लागि ग्राहकलाई विश्वस्त गराउन तथा त्यसबाट आवश्यक प्रतिफल प्राप्त गर्न पनि यस्ता संस्थाहरूले वित्तीय सल्लाह प्रदान सम्बन्धी कार्य गर्दछन् । १२. **जोखिममा कमी ल्याउने:** बैंक तथा वित्तीय संस्थाहरूले बीमा, सुरक्षण तथा अन्य माध्यमबाट व्यवसायको सिलसिलामा हुने जोखिमलाई न्यूनीकरणमा सहयोग गर्दछन् । जोखिमहरू न्यून गर्नका लागि नगद सोधभर्ना तथा सुविधा, पुनर्कर्जा जस्ता माध्यमबाट व्यवसायिक कारोवारलाई निरन्तरता दिन सहयोग गर्ने भएकोले व्यवसायको जोखिमको साथी बनेर बैंक तथा वित्तीय संस्थाहरूले कार्य गर्दछन् । १३. **लगानीका अवसर सिर्जना गर्ने:** यस्ता संस्थाहरूले शेयर, डिबेन्चर र अन्य कागजातहरूको खरिद बिक्रीको उपयुक्त वातावरण सिर्जना गरी लगानीकर्तालाई लगानी गर्नमा महत्वपूर्ण सहयोग पुऱ्याउँछन् । यसले गर्दा प्रत्येक लगानीकर्तालाई आफ्नो बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्ने अवसर मिल्दछ । यस्तो लगानीले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याउँदछ । १४. **सम्पत्ति र दायित्वको निर्माण:** बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो व्यावसायिक कारोवारको सञ्चालनका माध्यमबाट नाफा आर्जन गर्ने, आफ्ना लागि भौतिक पूर्वाधार खडा गर्ने कार्य गर्दछन् । यसो गर्दा केही स्थिर सम्पत्तिको व्यवस्था हुनुको साथै ग्राहकसँगको बचत रकमको संचयद्वारा बैंकिङ दायित्व सिर्जना हुन जान्छ । आफ्नो सम्पत्तिको रुपमा ... [अर्को भागमा जारी]
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.