RBB Level 9 Senior Manager (Administration) 2080-11-11 Paper 1 (Internal)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 5
Subjective questions
5 questions- 1
What challenges do the money market and capital market face in developing countries like Nepal? What impact do such challenges have on the country's economic development and stability? How do you think such challenges should be addressed so as to maintain economic development and stability through the money market and capital market? Present analytically.
20 marksनेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा मुद्रा बजार तथा पूँजी बजारले सामना गर्नुपर्ने चुनौतीहरू के-कस्ता हुन्छन्? त्यस्ता चुनौतीहरूले मुलुकको आर्थिक विकास र स्थायित्वमा के-कस्ता प्रभाव पार्दछन्? मुद्रा बजार र पूँजी बजारको माध्यमबाट आर्थिक विकास र स्थायित्व कायम गर्न यस्ता चुनौतीहरूलाई के-कसरी सम्बोधन गर्नुपर्ने ठान्नुहुन्छ? विश्लेषणात्मक प्रस्तुति गर्नुहोस् ।
- 2
Through the Finance Act of fiscal year 2080/81, the government amended the Income Tax Act to levy capital gains tax, holding that capital gains had arisen from the mergers and acquisitions of commercial banks. Banks and financial institutions opposed this, saying the provision was wrong because it was retroactive, and sought legal remedy. But later a situation arose where there was no escape without paying this tax. Reviewing the new legal provision made by the government on capital gains tax, state the reasons for the opposition to it. Present an analysis of the impact of such amendments to the Income Tax Act on the overall business environment.
20 marksवाणिज्य बैंकहरूको मर्जर तथा प्राप्तिमा पूँजीगत लाभ हुन गएको भनी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनबाट आयकर ऐनको प्रबन्धमा संशोधन गरी पूँजीगत लाभकर लगाउने व्यवस्था सरकारले गर्यो । यस्तो प्रबन्ध भूतप्रभावी भएकाले गलत भयो भनी बैंक तथा वित्तीय संस्थाहरूले विरोध गरे र कानूनी उपचार खोजे । तर पछि गएर यस्तो कर नतिरी सुख नपाइने स्थिति आयो । सरकारले पूँजीगत लाभकरका बारेमा गरेको नयाँ कानूनी प्रबन्धको समीक्षा गर्दै यसको विरोध हुनुका कारणहरू उल्लेख गर्नुहोस् । आयकर ऐनमा गरिने यस्ता संशोधनले समग्र व्यावसायिक वातावरणमा पर्ने प्रभावबारे विश्लेषण प्रस्तुत गर्नुहोस् ।
- 3
After the monetary policy for fiscal year 2080/81 was issued, it was believed that the capital market would gain some momentum. But the market did not seem to take it well. After Nepal Rastra Bank issued the first quarterly review of the monetary policy, the capital market appears to have risen somewhat. Analysing the reasons for this rise, what institutional, policy and procedural reforms should be adopted to make the development of the overall capital market reliable, sustainable and predictable? Write a detailed explanatory note.
20 marksआर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति जारी भएपछि पूँजी बजारले केही गति लिने विश्वास गरिएको थियो । तर बजारले यसलाई सहज रूपमा लिएको देखिएन । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा नेपाल राष्ट्र बैंकबाट जारी गरिएपछि पूँजी बजार केही बढेको देखिन्छ । यसरी बजार बढ्नुका कारणहरूको विश्लेषण गर्दै समग्र पूँजी बजारको विकासलाई भरपर्दो, दिगो र अनुमानयोग्य बनाउन संस्थागत, नीतिगत र प्रक्रियागत रूपमा के-कस्ता सुधार अवलम्बन गर्नुपर्ला? विस्तारमा व्याख्यात्मक टिप्पणी गर्नुहोस् ।
- 4
Discussing the features of Project Appraisal, point out the strengths and weaknesses of the project appraisal adopted by Rastriya Banijya Bank when investing loans.
20 marksपरियोजना मूल्यांकन (Project Appraisal) का विशेषताहरूको चर्चा गर्दै राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लगानी गर्दा अवलम्बन गरिने परियोजना मूल्यांकनका सबल र दुर्बल पक्षहरू औंल्याउनुहोस् ।
- 5
Presenting the theoretical concept of risk analysis, shed light on its importance. Also, what are the advantages and limitations of risk analysis? Write. Identifying the risks present in Nepal's banking sector, recommend the strategies and tactics that Nepal Rastra Bank and commercial banks should implement to keep the banking sector safe from those risks.
20 marksजोखिम विश्लेषणको सैद्धान्तिक अवधारणा प्रस्तुत गर्दै यसको महत्वमाथि प्रकाश पार्नुहोस् । साथै, जोखिम विश्लेषणका फाइदा र सीमाहरू के-के हुन्? लेख्नुहोस् । नेपालको बैंकिङ्ग क्षेत्रमा रहेका जोखिमहरू पहिचान गरी ती जोखिमहरूबाट बैंकिङ्ग क्षेत्रलाई सुरक्षित राख्न नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरूले कार्यान्वयन गर्नुपर्ने रणनीति र कार्यनीतिहरू सिफारिस गर्नुहोस् ।
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.