RBB Level 6 Assistant Manager (Cash) 2080-12-07 Paper 1
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 5
Subjective questions
5 questions- 1
Following the principles of financial consumer protection, Nepal Rastra Bank has issued a directive on financial consumer protection and literacy. This directive seems to seek to bring transparency in matters including the fees charged and the rights of customers when obtaining the various services and facilities provided by banks and financial institutions. Yet the number of customer complaints against banks and financial institutions has not decreased. In this context, discussing the main provisions of the above directive, and stating the problems seen in financial consumer protection and their causes, suggest measures to solve the problems.
20 marksवित्तीय ग्राहक संरक्षण सिद्धान्तको अनुसरण गर्दै नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक संरक्षण तथा साक्षरता सम्बन्धी निर्देशन जारी गरेको छ । यस निर्देशनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने विभिन्न सेवा तथा सुविधा प्राप्त गर्दा लाग्ने शुल्क र ग्राहकको अधिकार लगायतका विषयमा पारदर्शिता ल्याउन खोजेको देखिन्छ । तर पनि बैंक तथा वित्तीय संस्था प्रति ग्राहकको गुनासोको संख्यामा कमी आएको पाइँदैन । यस सन्दर्भमा उपर्युक्त निर्देशनमा भएका मुख्य व्यवस्थाहरूको विवेचना गर्दै वित्तीय ग्राहक संरक्षणका सम्बन्धमा देखिएका समस्या तथा तिनका कारण उल्लेख गर्दै समस्या समाधानका उपायहरू सुझाउनुहोस् ।
- 2
Present the main features of the Banking Offence and Punishment Act, 2064. Considering the present situation of increasing incidents such as inciting non-repayment of loans and attacks on banking sector infrastructure, what amendments should be made to the Banking Offence and Punishment Act, 2064? Give your opinion.
20 marksबैंकिङ कसूर तथा सजाय ऐन २०६४ का मुख्य विशेषताहरू प्रस्तुत गर्नुहोस् । ऋण नतिर्न उक्साउने, बैंकिङ क्षेत्रका पूर्वाधारमा आक्रमण गर्ने जस्ता घटनाहरू बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गरी बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ मा के-कस्तो परिमार्जन गर्नुपर्ला? राय दिनुहोस् ।
Where to find this
- 3
What are the BASEL Core Principles? Stating them, analyze how these principles have been applied in Nepal's banking sector. Also, discuss what effect the implementation of the Basel principles has had on the financial health of Nepal's banks and financial institutions.
20 marksबासेलका आधारभूत सिद्धान्तहरू (BASEL Core Principles) के-के हुन्? उल्लेख गर्दै नेपालको बैंकिङ क्षेत्रमा यी सिद्धान्तहरू के-कसरी लागु भएका छन्? विश्लेषण गर्नुहोस् । साथै, बासेलका सिद्धान्तहरूको कार्यान्वयनबाट नेपालका बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय स्वास्थ्यमा के-कस्तो प्रभाव परेको छ? चर्चा गर्नुहोस् ।
- 4
Stating the types of public budget, briefly discuss the budget formulation process of the Government of Nepal. Also, state the problems faced by Rastriya Banijya Bank in implementing its annual budget and the measures to solve them.
20 marksसार्वजनिक बजेटका प्रकारहरू उल्लेख गर्दै नेपाल सरकारको बजेट निर्माण प्रक्रियाको संक्षिप्त चर्चा गर्नुहोस् । साथै, राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वार्षिक बजेट कार्यान्वयनमा भोग्नु परेका समस्या र तिनका समाधानका उपायहरू उल्लेख गर्नुहोस् ।
- 5
Identify the main problems currently seen in Nepal's banking system and their causes. What policy arrangements should be made to solve those problems? Give fact-based analytical suggestions.
20 marksनेपालको बैंकिङ प्रणालीमा हाल देखापरेका मुख्य समस्याहरू र तिनका कारणहरू पहिचान गर्नुहोस् । ती समस्याहरू समाधान गर्न के-कस्ता नीतिगत व्यवस्था गर्नुपर्दछ? तथ्यमा आधारित विश्लेषणात्मक सुझाव दिनुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.