RBB Level 6 Assistant Manager (Administration) 2080-11-15 Paper 1 (Internal)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 5
Subjective questions
5 questions- 1
Discussing the evolution of Nepal's banking sector, review the contribution made by the banking sector to the national economy. Also, identifying the challenges currently seen in the banking sector, present analytically what kind of strategies should be adopted to face them.
20 marksनेपालको बैंकिङ्ग क्षेत्रको विकासक्रम बारे चर्चा गर्दै राष्ट्रिय अर्थतन्त्रमा बैंकिङ्ग क्षेत्रले पुर्याएको योगदानको समीक्षा गर्नुहोस् । साथै, वर्तमान समयमा बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरू पहिचान गर्दै तिनको सामना गर्न के-कस्ता रणनीति अवलम्बन गर्नुपर्ला? विश्लेषणात्मक प्रस्तुति गर्नुहोस् ।
- 2
Explaining the bases of classification of loans/advances disbursed by banks and financial institutions, discuss the various classes of loans. Mentioning the need for loan loss provisioning in banks and financial institutions, shed light on the provisions made by Nepal Rastra Bank in this regard.
20 marksबैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा/सापटको वर्गीकरणका आधारहरू केलाउँदै विभिन्न वर्गका कर्जा बारे चर्चा गर्नुहोस् । बैंक तथा वित्तिय संस्थामा कर्जा नोक्सानी व्यवस्थाको आवश्यकता उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यस सम्बन्धी गरेका व्यवस्थाहरू प्रकाश पार्नुहोस् ।
- 3
Shedding light on the theoretical concept of internal audit, analyse the interrelationship between internal and final audit. Also, pointing out the problems in the internal audit of Rastriya Banijya Bank, suggest measures for their solution.
20 marksआन्तरिक लेखा परीक्षणको सैद्धान्तिक अवधारणामाथि प्रकाश पार्दै आन्तरिक र अन्तिम लेखा परीक्षणबीचको अन्तरसम्बन्ध विश्लेषण गर्नुहोस् । साथै, राष्ट्रिय वाणिज्य बैंकको आन्तरिक लेखा परीक्षणमा रहेका समस्याहरू औंल्याउँदै तिनका समाधानको उपाय सुझाउनुहोस् ।
- 4
Risk management is viewed with great importance in the banking sector. It is said that operational risk gives rise to credit risk and liquidity risk. In this context, analysing the state of operational risk, credit risk and liquidity risk of Rastriya Banijya Bank, review the implementation status of the provisions on risk management in the Unified Directives issued by Nepal Rastra Bank.
20 marksबैंकिङ्ग क्षेत्रमा जोखिम व्यवस्थापनलाई निकै महत्वका साथ हेरिन्छ । सञ्चालन जोखिम (Operational Risk) ले कर्जा जोखिम (Credit Risk) तथा तरलता जोखिम (Liquidity Risk) लाई निम्त्याउँछ भनिन्छ । यस सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकको सञ्चालन जोखिम, कर्जा जोखिम र तरलता जोखिमको अवस्था विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा यी जोखिम व्यवस्थापन सम्बन्धमा भएका व्यवस्थाहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्नुहोस् ।
- 5
Shed light on the main provisions of the Bank and Financial Institutions Act, 2073. Discussing to what extent the Act has been successful in controlling the various types of crimes and offences currently seen in the banking sector, present as suggestions what kind of reforms you see as necessary in the existing Act in this context.
20 marksबैंक तथा वित्तीय संस्था ऐन, २०७३ का प्रमुख व्यवस्थाहरूमाथि प्रकाश पार्नुहोस् । हाल बैंकिङ्ग क्षेत्रमा देखिएका विभिन्न प्रकारका अपराध र कसूरहरू नियन्त्रण गर्न ऐन कुन हदसम्म सफल भएको छ? चर्चा गर्दै यस सन्दर्भमा विद्यमान ऐनमा के-कस्तो सुधारको आवश्यकता देख्नुभएको छ? सुझावको रूपमा प्रस्तुत गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.