RBB Level 10 Chief Manager (Administration) 2080-11-12 Paper 2 (Internal)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 5
Subjective questions
5 questions- 1
Explaining the drivers of change management, what changes do you consider necessary in the organisation, policies, working procedures and behaviour to make Rastriya Banijya Bank Limited competitive and successful in achieving its set objectives? Also assess the contributions to be made by the bank's management and individuals for such change, and the possible obstacles that may arise.
20 marksपरिवर्तन व्यवस्थापनका संवाहकको सम्बन्धमा जानकारी गराउँदै राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई प्रतिस्पर्धात्मक क्षमतायुक्त बनाइ निर्धारित उद्देश्य प्राप्तिमा सफल बनाउन संगठन, नीति, कार्यप्रणाली तथा व्यवहारमा के-कस्ता परिवर्तन आवश्यक ठान्नुहुन्छ? उपर्युक्त परिवर्तनका लागि बैंकको व्यवस्थापन र व्यक्तिगत रूपमा गर्नुपर्ने योगदान र सृजना हुने सम्भावित अवरोध समेत आँकलन गर्नुहोस् ।
Where to find this
- 2
Management is a complex process requiring much knowledge, skill, experience and technology. In every organisation, management functions such as planning, organizing, leading and controlling are performed every day to achieve the organisation's objectives. Rastriya Banijya Bank, spread across all seven provinces, is the country's largest and oldest commercial bank, and such functions are continuously carried out in its management. About 20 commercial banks along with many development banks, finance companies and microfinance companies operate in the country. RBB has to compete with them, while about two thousand three hundred employees work in the bank and more than eighty thousand business entities are associated with it. Managing all of these is challenging. Management audit has emerged as a useful practice for the success of any organisation, yet it is occasionally heard that its use in Nepal's large organisations is still inadequate. Against this background, what are the basic differences between the financial audit and management audit practised within Rastriya Banijya Bank? What are the existing challenges in using management audit in the bank's area of work? How should management audit be used towards establishing RBB as the most sustainable and excellent bank in the country? Give suggestions.
20 marksव्यवस्थापन एउटा जटिल प्रक्रिया हो जहाँ धेरै ज्ञान, सीप, अनुभव र प्रविधिको आवश्यकता पर्छ । हरेक संगठनभित्र व्यवस्थापनमा गरिने योजना (Planning), संगठन (Organizing), नेतृत्व (Leading) र नियन्त्रण (Controlling) जस्ता कार्यसम्पादन हरेक दिन भइरहेका हुन्छन् । यस्ता कार्यहरू संस्थानको उद्देश्य प्राप्तिका लागि सम्पादन गरिन्छ । राष्ट्रिय वाणिज्य बैंक सातै प्रदेशमा फैलिएको देशकै ठूलो र जेठो वाणिज्य बैंकमा पर्दछ । स्वभाविक रूपमा यस बैंकको व्यवस्थापनका सिलसिलामा निरन्तर रूपमा माथि भनिए जस्ता कार्यहरू भइरहेका हुन्छन् । हालसम्म देशमा करिब २० वटा वाणिज्य बैंकहरू साथै थुप्रै विकास बैंक, फाईनान्स कम्पनी र लघु वित्त कम्पनी जस्ता वित्तीय निकायहरू सञ्चालनमा छन् । तिनीहरूसँग राष्ट्रिय वाणिज्य बैंकले प्रतिस्पर्धा गर्नु एकातिर छ भने अर्कोतिर यस बैंकमा करिब दुई हजार तीन सय कर्मचारी कार्यरत छन् । यस बैंकसँग असी हजारभन्दा बढी व्यावसायिक संस्थाहरूको आबद्धता छ । यी सबैलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ । कुनै पनि संस्थाको सफलताको लागि व्यवस्थापन परीक्षण (Management Audit) एउटा उपयोगी अभ्यासका रूपमा आएको छ । तथापि यसको उपयोग नेपालको ठूला संगठनहरूमा अझै पर्याप्त हुन नसकेको बेलाबेलामा सतहमा सुनिन्छ । यस पृष्ठभूमिमा राष्ट्रिय वाणिज्य बैंकभित्र अभ्यास गरिने विद्यमान वित्तीय परीक्षण र व्यवस्थापन परीक्षणबीच के-के आधारभूत भिन्नताहरू छन्? उक्त बैंकको कार्यक्षेत्रमा व्यवस्थापन परीक्षणको प्रयोगमा विद्यमान चुनौतीहरू के-के छन्? राष्ट्रिय वाणिज्य बैंकलाई देशको सबैभन्दा दिगो, उत्कृष्ट बैंकको रूपमा स्थापित गर्ने दिशामा व्यवस्थापन परीक्षणलाई कसरी उपयोग गरिनु पर्छ? सुझाव दिनुहोस् ।
Where to find this
- 3
Nepal Rastra Bank's monetary policy for the current fiscal year states that a Stressed Loan Resolution Framework will be formulated and implemented. The framework envisages allowing banks and financial institutions to classify borrowers on the basis of their own risk indicators and restructure loans. Although in principle it would ease the performance of BFIs, multi-faceted challenges are anticipated from managing the framework. In this context, identify the risks that implementing the proposed framework would create in the overall financial system. Also write what regulatory arrangements NRB and what operational arrangements the concerned BFIs should make to manage those risks. In the context of Rastriya Banijya Bank, what strategy should be adopted to minimise the risks and expand opportunities arising from implementation of the proposed framework?
20 marksनेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा Stressed Loan Resolution Framework तर्जुमा गरी कार्यान्वयन गर्ने व्यहोरा उल्लेख गरेको छ । उक्त Framework ले बैंक तथा वित्तीय संस्थाको लागि आफ्नो जोखिम सूचकाङ्कको आधारमा ऋणीको वर्गीकरण गरी कर्जा पुनर्संरचना गर्न सक्ने सुविधा प्रदान गर्ने दृष्टिकोण राखेको छ । सिद्धान्ततः उक्त व्यवस्थाले बैंक तथा वित्तीय संस्थाको कार्यसम्पादनमा सहजता सृजना गरे तापनि सो Framework को व्यवस्थापनका कारण बहुपक्षीय चुनौती आउने आँकलन गरिएको सन्दर्भमा प्रस्तावित Framework कार्यान्वयन गर्दा समग्र वित्तीय प्रणालीमा सृजना हुने जोखिम पहिचान गर्नुहोस् । साथै, ती जोखिम व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले के-कस्ता नियामकीय र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सञ्चालन प्रबन्ध गर्नुपर्दछ? लेख्नुहोस् । राष्ट्रिय वाणिज्य बैंकको सन्दर्भमा प्रस्तावित Framework को कार्यान्वयनबाट सृजना हुने जोखिम न्यूनीकरण गरी अवसर विस्तार गर्न के-कस्तो रणनीति अवलम्बन गर्नुपर्दछ? लेख्नुहोस् ।
- 4
[Beginning of question on the missing page] … human resources are a living means for achieving an organisation's objectives, capable of animating and mobilising other resources. To compete strongly with private and foreign-invested banks through modern, quality, international-standard banking, Rastriya Banijya Bank needs capable, competitive and promising human resources. Every year the bank spends a large amount of money and time on recruitment, selection, posting, training and other manpower development programmes. However, the trend of employees so recruited being attracted each year to Nepal Rastra Bank service, government service and the non-government sector for career development is increasing. Although it is natural for employees to seek attractive opportunities, from the bank's point of view it is a great loss. This is a common problem faced by RBB and other banks. Against this background, stating the situation of attraction and retention of capable, strong and productive manpower in RBB, and based on an analysis of the strengths and weaknesses of existing policy provisions for manpower retention, present an outline of a strategic human resource management plan that the bank should formulate, focusing on attracting and retaining skilled manpower.
20 marks… [प्रश्नको सुरुको भाग हराएको पृष्ठमा] …संस्थाको उद्देश्य प्राप्तिको लागि मानव संसाधन यस्तो जिवन्त साधन हो, जसले अन्य साधनहरूलाई पनि जिवन्तता दिई परिचालन गर्ने क्षमता राख्दछ । राष्ट्रिय वाणिज्य बैंकलाई आधुनिक, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बैंकिङ्ग मार्फत निजी र विदेशी लगानीका बैंकहरूसँग प्रतिस्पर्धामा खरो उत्रिनका लागि क्षमतावान, प्रतिस्पर्धी र सम्भावनायुक्त जनशक्ति आवश्यकता छ । बैंकले प्रत्येक वर्ष ठूलो धनराशी र समय खर्चिएर कर्मचारी भर्ना, छनौट र पदस्थापना, तालिम लगायतका जनशक्ति विकासका विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । तर, यसरी लिइएका कर्मचारीहरू आफ्नो वृत्ति विकासका लागि प्रत्येक वर्ष नेपाल राष्ट्र बैंक सेवा, सरकारी सेवा, गैर सरकारी क्षेत्रतर्फ आकर्षित हुने क्रम बढ्दै गएको छ । कर्मचारीको पक्षबाट आकर्षक अवसरको खोजी गर्नु स्वभाविक मानिए तापनि बैंकको दृष्टिबाट बैंकलाई ठूलो क्षति हो । उपर्युक्त अवस्था राष्ट्रिय वाणिज्य बैंक लगायत अन्य बैंकले पनि भोगिरहेको साझा समस्या हो । यस पृष्ठभूमिमा राष्ट्रिय वाणिज्य बैंकमा सक्षम, सबल, उत्पादनशील जनशक्तिको आकर्षण र स्थिरता अवस्था उल्लेख गर्दै जनशक्तिको स्थिरीकरणका लागि कायम रहेको नीतिगत व्यवस्थाको सबल र दुर्बल पक्षको विश्लेषणका आधारमा दक्ष जनशक्तिको आकर्षण र स्थिरतालाई केन्द्रबिन्दुमा राखि बैंकले तर्जुमा गर्ने जनशक्ति व्यवस्थापनको रणनीतिक योजनाको खाका प्रस्तुत गर्नुहोस् ।
Where to find this
- Human Resource Management 4 min read
- Principles and Functions of Management 4 min read
- 5
The Government of Nepal has sought to make the banking sector more accountable to society by involving it in: promoting agriculture- and livestock-related businesses to increase production and employment; creating employment opportunities for educated youth; using the skills and business capacity of youth returning from abroad; developing women's entrepreneurship; modernising the skills and occupations of the Dalit community; providing loans to poor and marginalised communities and targeted students for foreign training (technical and vocational education); subsidising micro-insurance premiums; and providing interest subsidies for concessional loans, including for private housing of earthquake victims. Women entrepreneurs in particular have benefited more from the government's concessional loan programme, and it has helped expand entrepreneurship. However, many news reports have recently been published about such loans. Numerous issues, such as loans not reaching the target group, misuse of loans, and BFIs not paying attention to loan regulation because of interest subsidies and loan security, have revealed that the loans could not be mobilised purposefully. The Government has also announced in the current fiscal year's budget speech a policy to restructure the programme with the intention of reviewing it. Given that the Government has spent more than Rs. 30 billion on interest and premium subsidies for such loan programmes over about 6 years, analyse the usefulness and impact of the programme and, based on identification of its strengths and weaknesses, opportunities and challenges, prepare the measures to be adopted to make the concessional loan programme target-group focused for implementing the policy announcement on its restructuring, and the action plan needed to implement those measures.
20 marksकृषि तथा पशुपन्छीजन्य क्षेत्रसँग आबद्ध व्यवसायको प्रबर्द्धन गरी उत्पादन र रोजगारीको अभिवृद्धि गर्न शिक्षित युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरूको अन्तरनिहित सीप र व्यावसायिक क्षमताको उपयोग गर्न, महिलाको उद्यमशीलताको विकास गर्न, दलित समुदायको सीप र पेशालाई आधुनिकीकरण गर्न, विपन्न र सिमान्तकृत समुदाय र लक्षित विद्यार्थीलाई वैदेशिक तालिम (प्राविधिक र व्यावसायिक शिक्षा) का लागि ऋण, लघुबीमा प्रिमियममा अनुदान दिन तथा भूकम्प पिडितहरूको निजी आवास निर्माणका लागि समेत सहुलियतपूर्ण कर्जा उपलब्धताका लागि ब्याज अनुदान उपलब्ध गराउन नेपाल सरकारले बैंकिङ्ग क्षेत्रलाई समाहित गरी बैंकिङ्ग क्षेत्रलाई समाजप्रति बढी उत्तरदायी बनाउन प्रयास गरेको छ । सहुलियतपूर्ण कर्जा कार्यक्रमको रूपमा नेपाल सरकारले सञ्चालन गरेको कार्यक्रमबाट विशेष गरी महिला उद्यमी बढी लाभान्वित भएको र उद्यमशीलता विस्तार गर्न सहयोग पनि पुगेको छ । तथापि, पछिल्लो समयमा यस प्रकारको कर्जाको सम्बन्धमा थुप्रै समाचार प्रकाशन भएको छ । कर्जा लक्षित वर्गमा नपुगेको, कर्जा दुरूपयोग भएको, ब्याज अनुदान र कर्जाको सुरक्षणका कारण बैंक तथा वित्तीय संस्थाले कर्जाको नियमनमा ध्यान नपुर्याएको लगायतका थुप्रै विषयले कर्जा उद्देश्यपरक ढंगबाट परिचालन हुन नसकेको तथ्य सार्वजनिक भएको छ । नेपाल सरकारले पनि उक्त कर्जा कार्यक्रमलाई पुनरावलोकन गर्ने आशय सहित चालु आर्थिक वर्षको बजेट वक्तव्यमा प्रस्तुत कार्यक्रमलाई पुनर्संरचना गर्ने नीतिगत घोषणा गरेको छ । करिब ६ वर्षको अवधिमा यस प्रकारको कर्जा कार्यक्रमका लागि नेपाल सरकारले ब्याज र प्रिमियम अनुदान बापत ३० अर्ब रूपैयाँ भन्दा बढी खर्च गरिसकेको सन्दर्भमा उक्त कर्जा कार्यक्रमको उपादेयता तथा प्रभावको विश्लेषण गर्दै उक्त कार्यक्रमको सबल र दुर्बल पक्ष एवं अवसर र चुनौतीका पहिचानका आधारमा सहुलियतपूर्ण कर्जा कार्यक्रमको पुनर्संरचना गर्ने नीतिगत घोषणाको कार्यान्वयनको लागि सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई लक्षित वर्ग केन्द्रित बनाउन अवलम्बन गर्नुपर्ने उपाय र ती उपाय कार्यान्वयनको लागि आवश्यक कार्ययोजना तयार गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.