RBB Level 10 Chief Manager (Administration) 2080-11-11 Paper 1 (Internal)
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 5
Subjective questions
5 questions- 1
Since the loan-recovery provision in Section 57 of the Bank and Financial Institutions Act, 2073 protects only the interests of creditor banks, creditor banks have extended collateral-based loans contrary to the good practice of prioritising a cash-flow base, and attention to good borrower screening is lacking. Because of the excessive emphasis on collateral and no effort to identify good borrowers, systemic risk appears to be rising in Nepal's banking system. Identifying the current obstacles to reducing such systemic risk, present a reasoned analysis of the changes needed in existing laws and in the working style of Nepal Rastra Bank and commercial banks for reform.
20 marksबैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५७ को कर्जा असुली सम्बन्धी व्यवस्थाले साहु बैंकहरू (Creditors) को हितको मात्र प्रतिरक्षा गरेको हुँदा साहु बैंकहरूले नगद प्रवाहको आधार (Cash Flow Base) लाई प्राथमिकतामा राखि कर्जा प्रवाह गर्नुपर्ने असल अभ्यासको विपरित धितोमुखी (Collateral Base) कर्जा दिएको कारणबाट असल ऋणी पहिचान (Good Borrower Screening) मा ध्यान पुगेको देखिँदैन । धितोमा बढी जोड दिने र असल ऋणी पहिचान गर्न प्रयत्न नगरिएकाले नेपालको बैंकिङ्ग प्रणालीमा प्रणालीगत जोखिम बढ्दै गएको देखिन्छ । यस्तो प्रणालीगत जोखिम कम गर्न हाल देखिएका अवरोधहरूको पहिचान गर्दै सुधारका लागि विद्यमान कानूनहरू र नेपाल राष्ट्र बैंक तथा वाणिज्य बैंकहरूको कार्यशैलीमा गर्नुपर्ने परिवर्तनबारे तर्कयुक्त विवेचना प्रस्तुत गर्नुहोस् ।
- 2
Critically comment on the statement that merchant banks have not been able to play the expected role in providing stability and dynamism to Nepal's securities market, and present suggestions on what reforms are needed in the working style of merchant banks.
20 marksनेपालको धितोपत्र बजारलाई स्थायित्व र गतिशीलता प्रदान गर्न मर्चेन्ट बैंकहरूले अपेक्षित भूमिका निर्वाह गर्न सकेका छैनन् भन्ने भनाइको समालोचनात्मक टिप्पणी गर्दै मर्चेन्ट बैंकहरूको कार्यशैलीमा के-कस्ता सुधार गर्न आवश्यक छ? सुझावहरू प्रस्तुत गर्नुहोस् ।
- 3
Nepal's banking service and sector is fragmented, has a comparatively small capital base though not few in number, offers financial services limited to deposits and loans, and has not reached low-density and remote areas; since it has been unable to provide the means and resources required for long-term investment, Nepal has had to depend on foreign aid for the development and expansion of the national economy. What reform strategies, policies and programmes do you consider necessary to enhance the role of Nepal's banks and financial institutions in providing the required resources from within the country for the development and expansion of the national economy, so as to remove or reduce dependence on foreign aid? Present concrete suggestions.
20 marksखण्डीकृत अवस्थामा रहेको, संख्या कम नभए पनि पूँजीको आधार तुलनात्मक रूपमा सानो रहेको, वित्तीय सेवाहरू निक्षेप र कर्जामा सीमित भएको, कम जनघनत्व भएको तथा दुर्गम क्षेत्रमा पहुँच पुर्याउन नसकेको नेपालको बैंकिङ्ग सेवा तथा क्षेत्रले लामो समयावधिको लगानीको लागि आवश्यक पर्ने साधन र स्रोत उपलब्ध गराउन नसकेकाले नेपालको राष्ट्रिय अर्थतन्त्रको विकास र विस्तारमा वैदेशिक सहायतामाथि निर्भर हुनु परेको छ । वैदेशिक सहायतामाथिको निर्भरता समेत हटाउन वा घटाउन मुलुक भित्रबाटै राष्ट्रिय अर्थतन्त्रको विकास र विस्तारको लागि आवश्यक स्रोत र साधन उपलब्ध गराउन नेपालका बैंक तथा वित्तीय संस्थाहरूको भूमिका वृद्धि गर्न के-कस्ता सुधारका रणनीति, कार्यनीति र कार्यक्रम सञ्चालन गर्न आवश्यक ठान्नुहुन्छ? ठोस सुझावहरू प्रस्तुत गर्नुहोस् ।
- 4
Under financial statement analysis, which statements of a company or firm are analysed? What aspects of a company are revealed by vertical, horizontal and ratio analysis of financial statements? Analyse, with examples, the main ratios to be used to measure the efficiency of commercial banks.
20 marksवित्तीय विवरणको विश्लेषण अन्तर्गत कम्पनी वा फर्मका कुन-कुन विवरणहरूको विश्लेषण गरिन्छ? वित्तीय विवरणको ठाडो (Vertical), तेर्सो (Horizontal) र अनुपात (Ratio) विश्लेषणबाट कम्पनीका कुन-कुन पक्षबारे जानकारी प्राप्त हुन्छ? वाणिज्य बैंकहरूको दक्षता मापन गर्न प्रयोग गर्नुपर्ने प्रमुख अनुपातहरूको उदाहरण सहित विश्लेषण गर्नुहोस् ।
Where to find this
- 5
The COVID-19 pandemic and the Russia-Ukraine war disrupted supply chains in the world market. Two trends are clearly developing in the world economy because of these events: (1) adopting protectionist policies to keep one's own economy safe, and (2) economic polarisation among countries to build safe and risk-resilient supply chains. Recent developments in the Middle East may further intensify this trend. Analysing the impact on Nepal of such trend changes in the world economy, discuss in detail what international relations Nepal should develop and what domestic policies it needs to adopt to run its economy in the coming days.
20 marksकोभिड-१९ को महामारी र रूस-युक्रेन युद्धका कारण विश्व बजारमा आपूर्ति श्रृंखला अवरुद्ध हुन पुग्यो । यी दुई घटनाका कारणले विश्व अर्थतन्त्रमा दुई वटा प्रवृत्ति विकास हुँदै गएको स्पष्ट देखिन्छः (१) आफ्नो अर्थतन्त्रलाई सुरक्षित बनाइराख्न संरक्षणवादी नीति लिने र, (२) सुरक्षित र जोखिम-प्रतिरोधी आपूर्ति श्रृंखला निर्माण गर्न मुलुकहरूबीच आर्थिक ध्रुवीकरण । हाले मध्यपूर्वमा विकसित घटनाक्रमले यस्तो प्रवृत्तिलाई थप बढाउन सक्ने सम्भावना देखिन्छ । विश्व अर्थतन्त्रमा आउँदै गरेको यस्ता प्रवृत्तिगत परिवर्तनले नेपाललाई पारेको प्रभावको विश्लेषण गर्दै नेपालले आगामी दिनमा आफ्नो अर्थतन्त्र सञ्चालन गर्न कस्तो अन्तर्राष्ट्रिय सम्बन्ध विकास गर्ने र आन्तरिक नीति लिन आवश्यक छ? सविस्तार चर्चा गर्नुहोस् ।
Where to find this
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.