RBB Level 6 Assistant Manager (Administration) 2080-12-05 Paper 1
Genuine questions from this sitting, as the bank set them.
- sitting
- 2080
- subjective questions
- 5
Subjective questions
5 questions- 1
Giving information about deposits as the main resource of banks and financial institutions, discuss the methods of their mobilisation. Also, shed light on the types and features of deposits currently brought into operation by Rastriya Banijya Bank.
20 marksबैंक तथा वित्तीय संस्थाको प्रमुख संसाधनको रूपमा रहेको निक्षेपको जानकारी गराउँदै सोको परिचालन विधिबारे चर्चा गर्नुहोस् । साथै, राष्ट्रिय वाणिज्य बैंकले हाल सञ्चालनमा ल्याएका निक्षेपका प्रकार तथा विशेषताहरूमाथि प्रकाश पार्नुहोस् ।
- 2
Describing the main objectives and features of the Banking Offence and Punishment Act, 2064, mention the main provisions of punishment included in the chapter on punishment under the Act.
20 marksबैंकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ का मुख्य उद्देश्य तथा विशेषताहरू वर्णन गर्दै उक्त ऐन अन्तर्गत दण्ड सजाय परिच्छेदमा समावेश गरिएका दण्ड सजायका प्रमुख प्रावधानहरू उल्लेख गर्नुहोस् ।
Where to find this
- 3
Discuss the interrelationship between audit and the internal control system. Give an analytical explanation of the relevance and role of internal and external audit for an effective internal control system.
20 marksलेखा परीक्षण एवं आन्तरिक नियन्त्रण प्रणालीको अन्तरसम्बन्ध चर्चा गर्नुहोस् । प्रभावकारी आन्तरिक नियन्त्रण प्रणालीको लागि आन्तरिक एवं बाह्य लेखा परीक्षणको सान्दर्भिकता एवं भूमिकाको विश्लेषणात्मक व्याख्या गर्नुहोस् ।
Where to find this
- 4
Explain the principles of lending adopted by banks and financial institutions. Also, discuss the methods of credit analysis used, before lending, to analyse the customer and the customer's business on various bases so as to ascertain whether the loan can be recovered on time after disbursement.
20 marksबैंक तथा वित्तीय संस्थाहरूले अवलम्बन गर्ने गरेका कर्जा प्रवाहका सिद्धान्तहरू व्याख्या गर्नुहोस् । साथै, कर्जा प्रवाहका लागि विभिन्न आधारमा ग्राहक तथा ग्राहकको व्यवसायबारे विश्लेषण गरी कर्जा प्रवाह पश्चात कर्जा असुली यथा समयमा हुन सक्छ वा सक्दैन भन्ने विषयमा यकिन हुन गरिने कर्जा प्रवाह विश्लेषण तरिकाको विवेचना गर्नुहोस् ।
- 5
Although Nepal is a nation rich in natural resources, its economic growth rate remains low. Likewise, the growth rate of revenue is also not encouraging. On one hand the economic growth rate and revenue growth rate are not encouraging, and on the other, due to the difficult situation created by the global COVID-19 pandemic that appeared a few years ago, sluggishness is also seen in sectors such as industry, trade and tourism. In this situation, what steps would be appropriate to implement fiscal policy effectively? Critically discuss.
20 marksप्राकृतिक स्रोत तथा साधनले सम्पन्न राष्ट्र भए तापनि नेपालको आर्थिक वृद्धि दर न्यून रहेको छ । यसै गरी राजस्वको वृद्धि दर पनि उत्साहजनक नभएको अवस्था छ । एकातिर आर्थिक वृद्धि दर र राजस्वको वृद्धि दर उत्साहप्रद छैन भने अर्कोतिर केही वर्षअघि देखापरेको विश्वव्यापी महामारी कोभिड-१९ बाट सिर्जना भएको असहज परिस्थितिको कारणले गर्दा उद्योग, व्यापार, पर्यटन आदि क्षेत्रमा पनि शिथिलता देखिएको छ । यस अवस्थामा प्रभावकारी रूपमा वित्तीय नीति कार्यान्वयन गर्न के-कस्ता कदमहरू चाल्न उपयुक्त होला? विवेचना गर्नुहोस् ।
Try RBB practice questions
Real exam questions. No account, no email — see how you do first.